अबको शिक्षा प्राबिधिक र व्यवहारिक हुनुपर्छ- नगरप्रमुख खाण

प्रकाशित मिति:

सुनिल न्यौपाने,स्याङ्जा- स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ९ बेल्चौर स्थित सिटी हलमा शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक, विद्यार्थी, जनप्रतिनिधि, शिक्षा अधिकृत बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

चापाकोट नगरपालिकाका प्रमुख देव बहादुर खाण(ईश्वर)को अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि चापाकोट नगरपालिकाकी उप-प्रमुख इशा राना रहेकी थिईन।

चापाकोट नगरप्रमुख देव बहादुर खाण(ईश्वर)ले शैक्षिक उन्नतीका लागि शिक्षक अभिभावक विद्यार्थी लगायतका सरोकारवालाले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने बताए।चापाकोट नगरभित्र रहेका केहि विद्यालय चापाकोटकै अग्रज विद्यालय भएकाले नमुना विद्यालय बनाउनमा नगरपालिकाबाट आवश्यक स्रोत साधनको व्यवस्थापन गरिने प्रतिबद्धता जनाउदै विद्यालयको समग्र विकासका लागि त्रिपक्षीय सम्बन्ध राम्रो हुनुपर्ने र अबको शिक्षा प्रविधिक र व्यवहारिक शिक्षा हुनु पर्नेमा जोड दिए मात्रै शिक्षामा बालबालिकाको भविष्य उज्वल हुने नगरप्रमुख खाणको भनाई रहेको छ।साथै विद्यालयको शौचालय, खानेपानीका लागि आवश्यक सहयोग नगरपालिकाबाट गरिने पनि उनले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा नम्बर ७ का वडा अध्यक्ष मोहन केसीले विद्यालयलाई गर्नुपर्ने आवश्यक सहयोग गर्न आफु सधैं तयार रहेको बताए ।यस अघि भएका कमी कमजोरीलाई औँल्याउँदै सुधार तर्फ लैजानु पर्नेमा केसीले जोड दिए।

अन्तरक्रिया कार्यक्रममा शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक अभिभावक, विद्यार्थी, जनप्रतिनिधि लगाएतका सरोकारवालासंग प्रश्न उत्तर सहित व्यापक छलफल गरिएको थियो।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले विद्यालयको भौतिक, शैक्षिक सुधारका लागि आआफ्नो क्षेत्रबाट सहयोग गर्ने र सिकाई उपलब्धीमा बृदि गर्नमा विशेष जोड दिने प्रतिबद्ध जनाएका छन्। विद्यालयको समग्र विकास का लागि सबैले सहयोग गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, शिक्षा शाखा प्रमुख, विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आआफ्नो भनाई राखेका थिए।