सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान – अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित मिति:

काठमाडौं, भदौ – संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ। उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णयसमेत सरकारले गरेको छ।आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो। नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको आज बिहान निधन भएको थियो । नेम्वाङका छोराहरु विदेश भएकाले उनीहरु फर्किएपछि मात्र अन्त्येष्टि गरिने बताइएको छ।