झविन्द्र देवकोटा/बुटवल भदौ । बुटवल लेडी जेसीजले बुटवलमा मौलिक तीज गित कार्यक्रम तथा प्रतियोगिता गरेको छ । हराउँदै गएको तीजको मौलिकतालाई पुनर्ताजगी गर्न तथा साँस्कृतिक महत्वलाई जेसिज सदस्यहरुबीचमा आदानप्रदान गर्न लेडी जेसिजले मौलिक तीजगित कार्यक्रम गरेको हो ।
तीजको मौलिकतालाई उजागरण गर्नका लागि मौलिक तीज गित गायन प्रतियोगिता, मौलिक तीज नृत्य र तीजका पहिरन प्रतियोगिता गरेको बुटवल लेडी जेसीजका अध्यक्ष कमला लम्सालले जानकारी दिनुभयो ।
उहाँले पछिल्लो समय तीज गितमा विकृति मौलाएको गुनासो गर्दै पुराना भाँका, शैली, गित नृत्यलाई कार्यक्रममा राखेर जेसिजका सदस्य÷सदस्यबीचमा प्रतियोगितात्मक कार्यक्रम गरिएको बताउनुभयो । उहाँले कार्यक्रमले थोरैभएपनि तीजको मौलिकता यसको साँस्कृतीक महत्वलाई सदस्यबीचमा जानकारी गराउन मद्दत गरेको विचार राख्नुभयो । मौलिक तीज गित,गायन तथा पहिरन प्रतियोगितामा उत्कृष्ट पहिरनतर्फ उपाध्यक्ष सपना ज्ञवाली, उत्कृष्ट नृत्यतर्फ सदस्य अन्जु पन्थी, उत्कृष्ट गायनतर्फ सदस्य सुस्मा जिसी र बेदना पाण्डे विजयी हुनु भएको भएको थियो ।
प्रतियोगिताका विजेताहरुलाई आकर्षक गिफ्ट हेम्पर प्रदान गरिएको लेडी जेसीजका सहसचिव अपुर्वा खनालले जानकारी दिनुभयो । लेडी जेसीजका सदस्य सुस्मा जिसीको संयोजकत्वमा भएको कार्यक्रममा जेसीजका पुर्व अध्यक्ष बालकुमारी भण्डारी, सिनेटर मन्जु भुसाल, रुपा पाण्डे, निवर्तमान अध्यक्ष अनुपमा श्रेष्ठ, सिद्धार्थ लेडी जेसिजका अध्यक्ष गिता गैरे बन्जाडे, बुटवल लेडीका उपाध्यक्ष सपना ज्ञवाली, संगीता मरासीनी, अभिभावक विन्दु श्रेष्ठ, मन्जु प्रधान, मिना श्रेष्ठ, सिता गौतम, ललिता गौतम लगायतले तीजको शुभकामना दिनुहुँदै तीजको मौलिकता हराउँदै गएको प्रति चिन्ता ब्यक्त गर्नुभयो ।












