सुरेश हमालको अध्यक्षतामा २१ सदस्यीय राप्ती समाज अमेरिका गठन

प्रकाशित मिति:

क्यालिफोर्निया । राप्ती अञ्चलबाट अमेरिका आएका सक्रिय युवा समाजसेवी सामाजीक अभियन्ताहरुको पहलमा राप्ती समाज अमेरिका गठन भएको छ ।क्यालिफोर्निया बे– एरियामा रहेका नेपालीहरूको सहभागितामा आइतबार २१ सदस्य नयाँ कार्यसमिति गठन गरिएको हो ।राप्ती समाजको अध्यक्षमा दाङका सुरेश हमाल, उपाध्यक्ष रुकुमका बिनोद पुन र सल्यानका गोबिन्द चलाउने चयन हुनुभएको छ ।त्यस्तै महासचिवमा सल्यानका कृष्ण बुढाथोकी, सचिवमा दाङका दिपक रोका सह–सचिबमा रोल्पाका महेन्द्र घर्ती र कोषाध्यक्षमा रुकुमका नर बहादुर कुसारी र सह– कोषाध्यक्षमा दाङका बिष्णु बन्जाडे चयन हुनुभएको छ ।प्रबक्तामा दाङका भरत कुमार वली र सदस्यहरुमा कर्ण बहादुर वली , रमेश वली , शिवराज भुषाल, डम्बर बहादुर के। सी, दिपेश घिताल, सन्तोष भण्डारी रहनु भएको छ ।

अमेरिकामा आउनु भएका नेपालीले भोग्नुपरेको समस्याको अन्त्य गर्न र आपसी एकताको भावनात्मक कायम गर्ने उद्देश्यका साथ सुरेश हमालको अध्यक्षतामा कार्यसमिति चयन गरिएको बताइएको छ ।साथै समाजको सल्लाहकारहरुमा दाङका बल बहादुर के।सी। कपिल डॉगी, बिर बहादुर बुढाथोकी, रुकुमका मनराज देवकोटा, दाङका बासु क्षेत्र र रुकुमका विर वली रहनु भएको छ ।महासचिब कृष्ण बुढाथोकीले लामो प्रयासपछि ‘राप्ति समाज अमेरिका’ क्यालिफोर्निया राज्यमा संस्था दर्ता भएको बताउनु भयो ।समाजले क्यालिफोर्निया राज्य र अमेरिकामा रहेका सम्पुर्ण नेपालीलाई संस्थामा जोडिन समेत आग्रह गरेको छ । अमेरिकामा समस्यामा परेका नेपालीलाई निस्वार्थ सहयोग गर्ने लक्ष्य राप्ती समाज अमेरिकाले लिएको छ ।