काठमाडौं, कात्तिक ६ – बडादशैँअन्र्तगत आज महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ।प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमीक ादिनदुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैंघर र कोतलगायत विभिन्न देवीमन्दिर र शक्तिपीठमा बलिसहित विशेष पूजातथादुर्गा सप्तशतीचण्डी, श्रीमद्देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ।
अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि रहेको छ। मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ। नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शनका लागि भक्तजनको भीड लाग्छ। महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ। यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाकाब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ। विश्वकर्मापुजाको दिन सवारी साधनपुजान गर्नेहरुले आजै आफ्ना सवारी साधनलगायतका साधनको पुजा गर्ने गर्दछन्। काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर वर्षमा एक दिन महानवमीमा मात्र खुल्ने गर्दछ।












