विपद्ले पेलिरहेको कर्णाली भूकम्पको पनि इपिसेन्टर

प्रकाशित मिति:

सुर्खेत फागुन -विपद्ले हरेक वर्ष पेलिरहेको कर्णालीमा गत कार्तिक १७ गते ६।४ म्याग्निट्यूडको भूकम्प गयो। जाजरकोटको बारेकोट गाउ“पालिका – १ को रामिडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले १ सय ५४ जनाको ज्यान गयो। भूकम्पले जाजरकोट र रुकुमपश्चिमका पालिकाहरूमा ठूलो जनधनको क्षति भयो। ३ सय ७२ जना भूकम्पनमा परी घाइते भए। यो वर्षको कुडा कर्णालीको पहिलो दिन कर्णालीकै भइरहेको विपद्को विषयमा छलफल भएको छ। प्रकोप र पुननिर्माणका विषयका भएको छलफलको पहिलो सत्रमा इपिसेन्टरको विषयमा बहस भयो । बहसमा बोल्दै जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर ओलीले सुतिरहेको अवस्थामा भूकम्प पछि बाहिर निस्किदा बारेकोटको चारैतिर उज्यालो देखिएको बताए। सबै मान्छेहरु घरबाहिर निस्कीएर एकले अर्कालाई खोजिरहेका थिए। उनले भने , ‘ रातीको १२ बजे वडा अध्यक्ष र म पनि मोटरसाईकलमा गाउँतिर दौडियौं। छिमेकी पालिकाहरुमा मानविय क्षति भएको थाहा पाएपछि सबै त्रसित भयौं। अनि उद्धारको कार्य सुरु गरेपछि राहतको काममा लागेका थियौं। ’भूकम्प पछि अब जुनसुकै प्रयोजनका लागि निमार्ण गरिएका संरचना निमार्ण गर्दा पनि भूकम्प प्रतिरोधिमा जानपर्ने पाठ जाजरकोटको भूकम्पले सिकाएको उनले बताए। यो संगै भौगोलिक बनावटका कारण भूकम्पले क्षति भएको छ। उनले भने , ‘ अब सुरक्षीत नेपाल निमार्णको अभियानमा सरकार अघि बढ्नुपर्ने देखिन्छ। बारेकोटमा वस्ती तल छन्। माथीको जमिन सबै भासिएको छ। नागरिकहरु असुरक्षीत अवस्थामा बसिरहेका छन्। ’

सत्रका अर्का वत्ता रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले कर्णालीले रोग , भोक भोगिरहेकै बेला भूकम्पले शोक थपेको बताए । पालिकाहरुमा पुर्ननिमाणको काम अन्तिम चरणमा पुगेको बताउँदै उनले पहिलो किस्ता पाएका नागरिकले दोस्रो किस्ता छिटो पाउनुपर्ने बताए। यो भन्दा बढी आवश्यक घर बनाउको लागि कार्यविधिको खाँचो रहेको उनले बताए। उनले भने , ‘ हामीलाई प्रदेश र केन्द्र सरकारले तत्काल पूर्ननिमार्णको लागि कार्यविधी दिन आवश्यक छ । आमी कार्यविधी र दोस्रो चरणको अनुदानको पर्खाइमा छौं ।’अब अग्लो घर होइन सुरक्षित घर कसरी बनाउन सकिन्छ भनेर सरकारले निति बनाउन जरुरी रहेको उनको भनाइ छ। यसको लागि कानुनी प्रावधान बनाउन जरुरी रहेको बताउदै उनले सुरक्षीत घरको लागि राष्ट्रिय अभियान चलाउन आवश्यक रहेको बताए । इपिसेन्टरकै वत्ताको रुपमा रहेकि नेपाल रेकक्रस सोसाइटी रुकुम पश्चिमकी सभापति रमा गौतमले भूकम्पमा सबैभन्दा पहिला त्रिपालको माग नागरिकले गरेका बताइन्। त्यसपछि बल्ल खाद्यान लगाएतका सामाग्रीहरु जनताले मागेका बताइन्।

भूकम्पविद् लोकविजय अधिकारीले भूकम्पबारे जनता शिक्षित नभएसम्म भूकम्पबाट हुने क्षती कम नहुने बताए। उनका अनुसार भूकम्पबारे अध्ययननै राम्रोसंग हुने गरेको छैन। अझै पनि कतिलाई भूकम्प पनि जानसक्ने र भूकम्पले क्षति हुन्छ भनेर थाहा नपाएको बताए। नेपालमा भूकम्प सम्बिन्धी २०७२ सालबाट नितिनियम बनेपनि कार्यान्यवनको पाटो एकदमै कमजोर रहेको उनले बताए। उनले भने , ‘ भूकम्पको केन्द्रविन्दुमा मानवीय क्षाति छैन। भौतिक क्षति पनि कम छ। भूकम्प गएकै ठाउमा क्षति बढी हुन्छ। अन्य ठाउमा कम हुन्छ भन्ने सोंच बनाउन हुँदैन। जाजरकोटको भूकम्पले बनाउदै गरेका घरहरु भत्किएका कारण पो पटक नयाँ सिकाइ पनि भएको छ ।’