कुञ्जपार्कको दोस्रो स्थापना दिवस सम्पन्न,नाइट पार्क छिट्टै संचालन गरिने

प्रकाशित मिति:

तिलोत्तमा तिलोत्तमा नगरपालिका वडा नम्बर(६ स्थित कुन्जलापुर गाउँमा रहेको कुञ्ज पार्कको स्थापना दिवस एक विशेष कार्यक्रम गरि मनाइएको छ। कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा कुञ्ज पार्कलाइ एक नाइटपार्क संचालनसंगै समग्र तिलोत्तमाको पर्यटकिय प्रमुख क्षेत्रको रुपमा बिस्तार गरिने भन्दै हालसम्म भएका कार्यहरुको सम्बन्धमा कुञ्ज पार्कका अध्यक्ष लोक पुनले जानकारी गराउनुभएको थियो ।पुनले कुञ्जलापुर बासी संगै नगरपालिका बासीहरुको अथक मेहनत र सहयोगले पार्क व्यवस्थापन गर्न सहज भएको बताउदै आगामी दिनमा पार्कको उज्ज्वल भविष्यका लागि सबैको सहयोग अझ अपरिहार्य रहेको बताउनुभयो। अध्यक्ष पुनले तिलोत्तमा नगरपालिकाको पहिचान झल्काउने किसिमले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सके समग्र तिलोत्तमाको आर्थिक तथा सामजिक बिकास हुने समेत बताउनुभयो। आफ्नो आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै क्लबका उपाध्यक्ष धनेन्द्र पौडेलले पार्कले आन्तरिक पर्यटक या बाह्य पर्यटकसग सरोकार राख्ने सबैलाई नेपालकै नमूना र र उत्कृस्ट गन्तव्य बनाउन व्यवस्थापन समिति मार्फत आफूहरू लागिपरेको बताउनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले तिलोत्तमाको बजेटमा समेत १ नम्बरमा परेको कुञ्जपार्कको पर्यटन प्रबर्द्धन गर्न सबै नगरबासीले आ आफ्नो ठाउँबाट सहयोग गर्नु पर्ने बताउनुभयो। उहाँले नगरपालिकालाई कुञ्जलापुरबासीले गरेको सहयोग प्रति धन्यबाद दिंदै नगरको उत्कृस्ट पर्यटन गन्तव्यको रुपमा पार्कलाई बिकास गर्ने बताउनुभयो। त्यसतै सो कार्यक्रममा बोल्दै वडा नम्बर(६ का अध्यक्ष गणेश पाठकले हरियाली प्रबर्धन र सरसफाई संगै पर्यटनको बिकासमा पार्कको व्यवस्थापनले टेवा पुगेको पनि जानकारी गराउनुभएको थियो ।आन्तरिक तथा पर्यटक भित्र्याउन यो पार्कले ठुलो भूमिका खेलेको तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष पाठकले बताउनुभएको थियो । रात्री पार्कको लागि आफु कुनैपनि सहयोग गर्न तयार रहेको भन्दै वडाअध्यक्ष पाठकले तिलोत्तमा नगरपालिकालाई चिनाउने पार्क मध्ये बिशेष पार्कमा चिनारी गराउने प्रतिवद्धता सहित् सबैको सहयोग रहने बताउनुभएको छ।स्थापना दिवसमा पुर्व अध्यक्ष छत्र बहादुर दर्लामी, वडा नम्बर ५ का अध्यक्ष रमेश डुम्रे,वडा नम्बर(३ का अध्यक्ष कल्याण पौडेल, वडा नम्बर ८ का अध्यक्ष कृष्ण पौडेल,कार्यपालिका सदस्य सुरेन्द्र श्री,चेम्बर अफ कमर्श लुम्बिनीका महासचिव जे पी कंडेल लगायतले बोल्दै पार्कको बिकासका लागि आफुहरु प्रतिबद्ध भएर लाग्ने बताउनुभएको थियो। स्थापना दिवसको अवसरमा क्लबले सहयोगी तथा बिहान आयोजना गरेको रक्तदानमा सहभागी २५ जनालाई सम्मान पत्र तथा प्रमाण पत्र प्रदान गरिएको थियो । विभिन्न नृत्य सहितको औपचारिक तथा संस्कृतिक कार्यक्रमको संचालन सुमन श्रेष्ठले गर्नुभएको थियो।