कर्णेल उजिरसिह थापा स्मृतिमा अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता शुरु- खेलको माध्यमबाट पर्यटन प्रबद्र्धन हुने बिश्वास

प्रकाशित मिति:

हरिश ढकाल- बुटवल- चैत । कर्णेल उजिरसिह थापा स्मृति मेयर कप अन्तराष्ट्रिय बुद्धिचाल प्रतियोगिता आज शनिबारबाट बुटवल १३ बेलवासमा शुरु भएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघको आयोजना तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा संचालन भैरहेको सो प्रतियोगितामा बिभिन्न देशका २ सय जना खेलाडी (ब्रेन मास्टरहरु) प्रतिष्पर्धा गर्दैछन् ।

चैत्र २७ गतेसम्म संचालन हुने सो प्रतियोगिताको कुल पुरस्कार राशी १० लाख १ हजार रहेको छ । बिभिन्न २० बिधामा ७० जनाले पुरस्कार प्राप्त गर्नसक्ने प्रतियोगिता संयोजक माधव प्रधानले बताए । संयोजक प्रधानका अनुसार अग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्न नेपाली सेनाको सफल नेतृत्वगरेका कर्णेल उजिर सिंह थापाको सम्मानमा सो प्रतियोगिता आयोजना गरिएको हो ।प्रतियोगिताको उपाधि विजेताले नगद २ लाख, द्वितीयले १ लाख १० हजार, तृतीय ६० हजार, चौथोले ४० हजार, पाचौंले ३० हजार, छैठौंले २० हजार रुपैयासहित कप, मेडलबाट पुरस्कृत हुनेछन । यस्तै गरी बेष्ट जुनियर ब्वाईज÷गल्र्स टिम ६ देखि १० स्थानसम्मले नगद २० हजार पाउने छन । यस्तै बेष्ट स्टुडेन्ट रूपन्देही ११ देखि १५ स्थानसम्मले १५ हजार, बेष्ट स्टुडेन्ट बुटवल १६ देखि २० सम्मले १३ हजार पुरस्कार पाउने छन् ।