लुम्बिनी केबलकारसंग पर्यटन प्रवद्र्धन सम्झौता

प्रकाशित मिति:

बुटवल- चैत । लुम्बिनी केबलकार लि. र कबिर अटोमोबाइल्सबीच पर्यटन प्रवद्र्धन सम्बन्धी सम्झौता भएको छ ।कबिर अटोमाइल्सले लिभगार्ड इन्भर्टर ब्याट्री खरिद गर्ने आफ्ना ग्राहकलाई लुम्बिनी केबलकारको दुईतर्फी टिकट र बसन्तपुरको रेष्टुरेन्टको खाजा कुपन दिने गरी सम्झौता भएको हो । शनिबार केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ र कबिर अटोमाइल्सका सञ्चालक सरदार भोला सिंहले सम्झौता पत्र आदान प्रदान गरेका छन् ।सो अवसरमा बोल्दै केबलकारका अपरेसन म्यानेजर कायस्थले कम्पनीले होटेल तथा पर्यटन व्यवसायीसंग मात्र नभई अन्य क्षेत्रका व्यवसायीसंग पनि यस्ता सम्झौता गरिरहेको बताए । यसले दुबै पक्षको व्यवसाय प्रवद्र्धनमा टेवा पुग्ने कायस्थले बताए । कबिर अटोमाइल्सका सञ्चालक सिंहले आफ्ना ग्राहकलाई इन्भर्टर ब्याट्री खरिदमा नियम अनुसार पाउने छुट सहित केबलकारको टिकट उपहारको रुपमा दिने गरी बैसाख १ गतेदेखि असार मसान्तसम्मका लागि यो सम्झौता गरेको बताए ।

सम्झौता अनुसार कबिरमा इन्भर्टर ब्याट्री खरिद गरेका ग्राहकले केबलकारको दुई तर्फी यात्रा र टप स्टेशन बसन्तपुरमा रहेको रेष्टुरेन्टमा कोल्ड ड्रिङक तथा कम्बो खाजा सेट निशुल्क पाउने छन् ।प्रदेशको पहिलो लुम्बिनी केबलकारको प्रवद्र्धन गर्नु यहांका हरेक क्षेत्रका व्यवसायीको दायित्व भएकाले आफूले यो अफर ल्याएको सिंहले बताए । कबिर अटोमाइल्सका बुटवल,भैरहवा,चन्द्रौटा, तौलिहवा, चितवन लगायतका सबै शाखामा इन्भर्टर खरिद गर्ने ग्राहका लागि यो अफर लागु हुने उनले बताए ।इन्भर्टर ब्याट्रीको व्यवसायमा कबिर अटोमोबाइल्स नेपालको टप थ्री व्यवसायिक प्रतिष्ठान भएको सिंहले बताए । सो अवसरमा केबलकार कम्पनीका म्यानेजर प्रज्ज्वल घिमिरे, विभागीय प्रमुखहरु नवराज अधिकारी, रुपेश पौडेल,देउबहादुर चन्द, गायक बसन्त श्रेष्ठ लगायतले बोल्दै केबलकारको दीगो सञ्चालनले बुटवल र आसपासको क्षेत्रको अर्थतन्त्र र व्यवसाय चलायमान बनाउन टेवा पुग्ने धारणा राखे ।