रायमाझीसहित सात प्रतिवादीलाई थुनामै पठाउन आदेश

प्रकाशित मिति:

काठमाडौं, वैशाख  : सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव टोपबहादुर रायमाझीसहित सातजना प्रतिवादीलाई थुनामै पठाउने आदेश दिएको छ।

सर्वोच्चले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न यसअघि उच्च र जिल्ला अदालतको आदेश सदर गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उक्त आदेश दिएको हो।तल्लो अदालतको आदेशविरुद्ध केहीलाई भने थुनामुक्त गर्ने आदेश भएको छ। भुटानी शरणार्थी प्रकरणमा ठगीमा प्रतिबादी बनाइएका नेपाल सरकारका सचिव टेकनारायण पाण्डकेशवप्रसाद दुलाल, सन्देश शर्मा, सागर राई, डा.इन्द्रजित राई र सानु भण्डारीलाई पनि थुनामै पठाउने आदेश भएको छ।