इंग्ल्यान्ड जाने नेपाली फुटबल टिमको बिदाई

प्रकाशित मिति:

काठमाडौं, वैशाख – इंग्ल्यान्ड ‘सी’ सँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा गरिएको छ।काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गर्दै प्रमुख प्रशिक्षक भिसेन्जो एल्बर्टोले किरण लिम्बुको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरेका हुन्। करिब एक साता बन्द प्रशिक्षण गरेपछि मुख्यप्रशिक्षकले टिम छनोट गरेका हुन्।

घोषित टिममा गोलरक्षकहरूमा अभिषेक बराल र विशाल सुनार, रक्षकहरूमा छिरिङ लामा, सनिश श्रेष्ठ, अभिषेक लिम्बू, विशाल बस्नेत, विमल पाण्डे, सौभाग्य राई, योगेश गुरुङ र रोहित चन्द छन्।यस्तै, मिडफिल्डरहरूमा फत्तेमान घले, मणिकुमार लामा, भरत खवास, उत्सव राई, मनिष डाँगी र लाकेन लिम्बू छन् भने दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट स्ट्राइकरमा रुपमा टिममा छन्।