प्रकाश न्यौपाने
वैशाख २२ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १२ भटौलियामा रहेको बुद्धमगल ताल पर्यटकीय यात्राको रुपमा बिकास भइरहेको छ । प्राचीन महत्व बोकेको बुद्धमगल तालमा अहिले पर्यटन भित्र्याउनका लागि बर्दघाट प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको महोत्सवको सुरुवात नै शनिबार बुद्धमगल तालबाट गरेको छ ।
बुद्धमगल ताल पुगेका साहित्य प्रमीहरुको टोलिलाई थारु गित र नेपाली भजनमार्फत स्वागत गर्दै नृत्यसमेत प्रस्तुत गरिएको थियो । थारूहरुको राम्रो बसोबास रहेको बर्दघाट १२ मा थारु जातिका वाध्याबादन सहित स्वागत गर्न तमतयार अवस्थामा रहनु भएको स्थानीयहरुले थारु गीत र भजन प्रस्तुत गर्दै मनै अतिथिले रमाइलो मानेर साथ दिनु भएको थियो ।
बर्दघाट नगरका पर्यटकीय क्षेत्रको प्रवर्द्धन लागी तीन दिने साहित्यिक, सास्कृतिक तथा पर्यटन महोत्सवको आयोजना गरेको प्रज्ञाले बुद्धमगल तालबाट यात्रा सुरुवात गरेकोमा बर्दघाट १२ का वडा अध्यक्ष उमाशकर चौधरी निकै हर्षित हुनु भयो । हर्षित हुदै चौधरीले भन्नुभयो -” म वडा अध्यक्ष भए देखी नि मैले बुद्धमगल तालको बिकासका काम गर्दै बुद्धमगल तालमा पर्यटन भित्र्याउनका लागि व्यापक प्रचारप्रसार गर्ने चाहेको थिए ।”
बुद्धमगल ताल प्राचीन धर्म कला र सास्कृतीको महिमा बोकेको ताल रहेको वडा चौधरीले उल्लेख गर्नु भयो ।
तीन दिन सम्म चल्ने महोत्सवको सुरुवात शनिबार बर्दघाट प्रज्ञा प्रतिष्ठानले बुद्धमगल ताल देखी गर्दै पर्यटन क्षेत्रको स्थलगत अवलोकनमार्फत पर्या सहित्यको निमार्ण गरेको बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपाने परीश्रमीले बताउनु भयो । ” प्राकृति स्थलहरुमा पर्यावरणको महत्त्व रहने गर्छ । सस्टाहरु प्रकृतिको अवलोकन गरि प्रकृतिको रुप भन्दा धेरै राम्रो चित्रण हुने गरि शब्दमा रमाउदै साहित्य फुर्ने छ ।” बुद्धमगल तालको महत्त्व झलकने गरि साहित्यका माध्यमबाट कबिता, गीत तथा फिचर तथा सस्मरणका मध्यमबाट प्रचारप्रसार हुने कुलपति डाक्टर न्यौपानेले बिश्वस व्यक्त गर्नु भयो ।
बर्दघाट नगरपालिकाले नगरको पहिचान पर्यटनमार्फत जोड लागीएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । ” हामीले नगरका कार्यकक्षमा नै पर्यटकीय पहिचान झल्कने खालका तस्बिरहरु राखेर पर्यटनसङ्ग नगरको चिनारी जोड्न खोजेका छौं ।” श्रेष्ठले भन्नुभयो । अहिले लुम्बिनी आएका पर्यटकलाई बुद्धमगल तालसम्मको पर्यटकीय यात्रा गराउने सकिने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
बुद्धमगल तालको प्राचीन महत्त्व र यसको गरिमाका बिषयमा बर्दघाट प्रज्ञा प्रतिष्ठानका सास्कृतिक बिभाग प्रमुख दिपप्रकाश लोहनीले उल्लेख गर्नु भएको थियो । लोहनीले बुद्धमगल ताललाई बुद्धसर्किटसङ्ग जोडेर अगाडी बढाउनु पर्ने आवश्यकता औल्याउँनु भयो ।
शनिबार २२ गते पहिलाे दिन बिहान बुद्धमङ्गल ताल, वनदेवी मन्दिर हुँदै कञ्चनगढीसम्मकाे अवलोकन, रचना वाचन, गायन तथा स्थानीय जातजातिहरूका नृत्य प्रदर्शन गर्ने गरीएको प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब शरद पौड्यालले बताउनु भयो ।
साहित्यीक, सास्कृतिक तथा पर्यटन महोत्सवमा लुम्बिनी प्रदेशका १२ जिल्ला र गण्डकि प्रदेशका पुर्वी नवलपरासी र चितवनबाट भाषा साहित्य, कला, संस्कृतिसँग आबद्ध सघ संस्थाका प्रतिनिधि र साहित्य प्रेमी व्यक्तिहरुको उपस्थिति रहेको पौड्यालले जानकारी दिनु भयो ।












