क्रिकेट प्रेमीका लागि लक्षित गरेर वर्ल्डलिंकको ‘बिट द स्पिड’ अभियान भोली बुटवल देवीनगरमा
बैशाख ३१ बुटवल । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले टि-२० क्रिकेटलाई लक्षित गर्दै देशका प्रमुख शहरहरुमा ‘बिट द स्पिड’ अभियानको शुभारम्भ गरेको छ । वर्ल्डलिंकले उक्त अभियान धरान , बिराटनगर ,इटहरी , दमक , बिर्तामोड, बर्दिबास , वीरगन्ज, नारायणघाट ,हेटौंडा र भैरहवामा आज ४ बजेदेखी र बुटवलको देबिनगर चौपारीमा भोली मंगलबार ४ बजे देखी ६ बजेसम्म ‘बिट द स्पिड’ अभियान सुरु हुँदै छ ।
उक्त अभियानमा क्रिकेटप्रेमीहरुले बोलिनंङ गर्ने छन र जस्को स्पिड तिब्र हुन्छ उक्त क्रिकेट प्रेमिकालागी वर्ल्डलिंकले हस्ताक्षर गरिएको जर्सीको व्यवस्था गरिएको वर्ल्ड लिंक कम्युनिकेसन बुटवल शाखाका प्रमुख डेमलाल भुसालले जानकारी दिनुभयो ।
कार्यक्रममा उपस्थित महानुभावहरुले टि – २० क्रिकेटमा समाबेश खेलाडिहरुलाई आफ्नो अनुभव सुनाउनुका साथै शब्दले हौसला प्रदान गर्नसक्ने शाखा प्रमुख भुसालले बताउनुभयो । साथै क्रिकेटप्रेमी बुटवलबासी विद्यार्थी,युवायुवती एवम सज्जनवृनलाई उपस्थितीका लागि अनुरोध समेत गर्नुभयो । कार्यक्रम देवीनगर चौपारीमा दिनको ४ बजे सुरु भएर ६ बजे समापन हुनेछ ।