कञ्चन- मधेसी वर्ग उत्थान समन्वय समिति, कञ्चन २ रुपन्देहीको प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनको उद्घाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्नु भएको हो। अधिबेशन उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले कञ्चन गाउँपालिका कुनै एक जाती, धर्म बिशेषको नभई बहुजातिय, बहुभाषिक र बहुसांस्कृतिक समुदायको साझा फुलवारी सरह भएको बताउनु भयो। सबै जाती भाषा र धर्मको समानुपातिक र समावेशी ढंगबाट पालिकाको बिकास गर्न सकेमात्र सबैको अपनत्व र सम्मान हुने अध्ययक्ष ढकालले बताउनु भयो।
यस्तै कार्यक्रममा कञ्चन गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारु, वडा न. २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्ग, वडा नं. ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले कञ्चन गाउँपालिकालाई कुनै एक जाती र धर्मको मात्र नभई सबै समुदायकोे आत्म सम्मान हुनेगरी अगाडी बढ्नुको कुनै बिकल्प नभएको बताउनु भएको छ। जसरी बगैंचामा फरक फरक फुलहरु एकै ठाउँ फुल्दा बगैंचाको सुन्दरता देखिन्न्छ त्यसरी नै पालिकाको सुन्दरतालाई निरन्तरता दिन कञ्चनमा रहेका सबै जाती, धर्म, संस्कृति, भेष भुषा र संस्कारहरुको संरक्षण र सम्बर्धनमा सबैको हातेमालो आवस्यक रहेको वडा नं. १ का वडा अध्यक्ष हरि नारायण थारुले बताउनु भयो। मधेसी वर्ग उत्थान समन्वय समितिका अध्यक्ष मलहु यादवको अध्यक्षता तथा राम प्रसाद यादवको संचालनमा भएको कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना थारु र समन्वय समितिका पुर्व अध्यक्ष अशोक जैसवालले पनि बोल्नु भएको थियो। कार्यक्रममा सचिव गौरी शंकर बर्माले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।