बर्दघाट नगरले अतिक्रमीत टहरा हटाएकोमा एमालेको आपत्ति

प्रकाशित मिति:

 

प्रकाश न्यौपाने

जेष्ठ १४ गते

नवलपरासी ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिक्रमित घर टहरा हटाएकोमा नेकपा एमाले बर्दघाट नगरकमिटीले आपात्ती जनाएको छ । एमाले नगर कमिटिले आज एक बिज्ञप्ति जारी गर्दै ब्यवसायिलाई रोजगारी बन्द गराउने उदेश्यले टहरा भत्काईएको मा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

नेपका एमाले बर्दघाट नगर कमिटी अध्यक्ष केशव खत्रीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ”पारिवारिक संलग्नतामा गरिएको साना ब्यवसाय गरिरहेका जनतालाई बिकल्प सहित अगाडि बढाउनु पर्नेमा हठाथ गरिएको कार्य घोर निन्दनीय छ”।

बिज्ञप्तिमा ब्यवसायिको बैकल्पिक ब्यवस्था गर्न र क्षतिपूर्ति दिन समेत माग गरिएको छ ।