संसदीय छाविन समितिको कार्यादेशम सहमति, गोरखा मिडियासँग सम्बन्धित व्यक्तिमाथि छानबिन गरिने

प्रकाशित मिति:

काठमडौं, जेठ – सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा दलहरुबीच सहमति भएको छ।संसदीय छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलले शीर्ष नेताहरुबीच भएको सहमति अनुसार मंगलबार ४ बुँदे कार्यादेश तय गरेको छ। संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने जस्ता विषय कार्यादेशमा रहेको कार्यदलका संयोजक कानुन मन्त्री पदम गिरीले जनाकारी दिए। संसदीय छानविन समितिको कार्यादेश कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। यो सहमितसँगै लामो समयदेखि संसदमा देखिएको गतिरोध पनि अन्त्य भएको छ।