” अब तिलोत्तमाको समग्र विकाश मेरो कर्तब्य हो” नगर प्रमुख राम कृष्ण खाँण

प्रकाशित मिति:

तिलोत्तमा-७ अन्तर्गतका छ वटा राजनीतिक दलहरुले वार्ड कार्यालयलाइ ध्यानाकर्षण पत्र बुझाएका छन। वार्ड्ले बाडफाड गरेको बजेट न्यायोचित न भएको,  दिर्घकालिन रुपमा प्रभाव रहने बिकास निर्माणमा सबै दलको सहभागिता गराउन न सकेको, प्रती गम्भीर ध्यानाकर्षण गराएको छ साथै सबै राजनितिक दल समाजसेवा नै गर्ने भनेर लागेकाले सबैको सहभागिता गराउन सके द्रुत गतिमा विकाश हुन सक्ने सुझाव समेत ब्यक्त गरे।।।
उक्त सुझावको उत्तरमा वार्ड अध्यक्ष देबि प्रसाद पंगेनी ले भन्नू भयो पहिले पनि केही विषयमा सर्वदलीय बैठकबाट सुझाव लिएर अगाडि बढेकै हो र अब आइन्दा पनि सर्वदलीय वैठक बाट र सबैको सहयोग बाट अगाडि बढ्ने कुरा ब्यक्त गर्नु भयो। त्यसपछि उक्त मण्डल नगर प्रमुख लाई भेटेर समग्र तिलोत्तमा को विकाश उच्च गतिमा गरेको र केन्द्रबाट अधिकतम बजेट ल्याउन सफल भएको मा नगर प्रमुख रामकृष्ण खाण ज्युलाइ धन्यवाद दिदै, तिलोत्तमा नगर कै मुटुमा केन्द्रित वार्ड न ७ को विकाशमा अलिक ध्यान दिन ज्ञापनपत्र बुझाइयो। उक्त ज्ञापनपत्र बुझ्दै नगर प्रमुखले भन्नू भयो ” बुटवल भैरहवा बिचमा भलवारी पहिले देखि नै मुख्य चोकको रुपमा रहेको मलाइ जानकारी छ। धरै पहिले भलवारी प्रमुख बस विसौनीको रुपमा थियो। अब यसको समग्र विकाश मेरो कर्तव्य हो।” छिटै नै हाइ मस्ट लाइट लगाउने र पुर्व पस्चिमको बाटो स्तर उन्नती गर्ने आश्वासन दिनु भयो ।  त्यस पछि उक्त मन्डल विद्युत प्राधिकरणको नयामिल वितरण केन्द्रमा गएर विद्युत प्राधिकरण ले दिने सुबिधा द्रुत गतिमा दिनु पर्ने कुरामा जोड दिइयो,साथै वितरण प्रबन्धकले वार्ड न ७ को मनकाना र चम्किपुरमा कार्य भैरहेको तथा समग्र तिलोत्तमा न प भित्र छिट्टै स्तर उन्नती गर्ने कुरा ब्यक्त गर्नु भयो । उक्त समुहमा नेपाली कांग्रेसका वार्ड सभापती दिनमणी पंगेनी, माओवादी केन्द्रका वार्ड अध्यक्ष राम प्रसाद न्यौपाने, राष्ट्रिय जनमुक्ति पार्टिका गिरि प्रसाद राना, राष्ट्रिय स्वतन्त्र पार्टिका बम बहादुर भन्डारी, नेकपा समाजवादी का वाड इन्चार्ज हेमनाथ ग्यवाली, रा.प्र.पा का दिलिप खत्री र मा.के का नेता प्रेम घर्ती मगर हुनुहुन्थ्यो ।।।