जगी लाल थापा- रुपन्देही जिल्लाको १६ स्थानीय तहहरु मध्ये कञ्चन गाउँपालिका एक हो। देशैभरी स्थानीय तहरुमा अनियमित्ता र बेरुजुको मात्रा बढिरहेको समाचार प्रकाशन तथा प्रसारण भइरहेको समयमा यति बेला कञ्चन गाउँपालिका अपवादको रुपमा स्थापित भएको छ ।
पछिल्लोे पटक महालेखा परिक्षकको कार्यालयले प्रकाशित गरेको अन्तिम प्रतिबेदनमा कम बेरुजु रहेका स्थानीय तह मध्ये कञ्चन गाउपालिका अंकित हुन सफल भएको छ । रुपन्देही जिल्लाको हकमा बेरुजुको दर कम हुने स्थानीय तहको रुपमा कञ्चन गाउँपालिका भएको पहिलो स्थानीय तहको रुपमा महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।महालेखा परिक्षकको कार्यालयले आ.व. २०७८÷०७९ को सार्वजनिक गरेको प्रतिवेदनले कञ्चन गाउँपालिकाको बेरुजु दर १ दशमलव २२ प्रतिशत देखाएको छ ।
कुनै बेला सबैभन्दा बढी बेरुजु भएको स्थानीय तहको रुपमा दर्ज भएको कञ्चनले अहिले सबैभन्दा कम बेरुजु भएको स्थानीय तहको रुपमा गनित हुन सफल भएको हो। कञ्चनको करिब १ अर्व ३४ करोड ७४ लाख ४ हजार रुपैया लेखा परिक्षण रकममा १ दशमलव २२ प्रतिशत बेरुजु देखएको हो। आ.व. २०७४÷०७५ मा देखिको ५ करोड बेरुजुको समपरिक्षण गरिएको थियो ।कञ्चनको बेरुजु दर कम हुनुमा पालिकाले तय गरेको बार्षिक नीति तथा कार्यक्रमले निर्दिष्ट गरेको योजनालाई कानुन सम्बत कार्यान्वयन र सम्पादन मुख्य आधार भएको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनु भयो। कार्य सम्पादन तथा मुल्यांकनको आधारमा भुक्तानी दिने पालिकाको प्रणालीलाई ब्यबहारमा कार्यान्वयन गरेकै कारण पालिकाको बेरुजु कम भएको बताउदै अध्यक्ष ढकालले आगामी बर्षमा शुन्य बेरुजु बनाउने पालिकाको प्रयास रहेको बताउनु भएको छ ।

परिक्षकको कार्यालयले प्रकाशित गरेको अन्तिम प्रतिवेदन अनुसार रुपन्देहीमा कञ्चन पछि १ दशमलव ४१ प्रतिशत बेरुजु सहित दोश्रो र सैनामैनाको बेरुजु १ दशमलव ५० प्रतिशत सहित तेश्रो स्थानमा बेरुजु कम गराउने स्थानीय तहको रुपमा अंकित भएको छ ।
कञ्चनको बेरुजु कम हुनुमा पालिकाको हरेक कार्यहरुलाई सुशासन कायम गर्नु र नियम विपरित गरिने कुनै पनि कार्यलाई निरुत्साहित गरिएकै कारण भएको प्रमुख प्रशासकिय अधिकृत सागर गौतमले बताउनु भएको छ । महालेखा परिक्षकको कार्यालयको प्रतिवेदनमा रुपन्ेदहीका १६ स्थानीय तहरुमध्येमै निकै कम बेरुजु हुनुमा पालिकाका कार्यरत शाखा प्रमुख, वडा सचिव, जनप्रतिनीधि र लेखा शाखाबाट गाउँसभा तथा कार्यपालिकाको निर्णय अनुसार भएका कार्यहरुको नियमित र नियमन अनि सचेत कञ्चननवासीहरुको सतर्कता र नियमसंगत योजना संचानल र कार्यान्वयमा सहयोग पुराएकै कारण कञ्चनले बेरुजु दर निकै कम बनाउन सफल भएको प्रमुख प्रशासकिय अधिकृत गौतमले उल्लेख गर्नु भयो ।
पछिल्लो समय कञ्चनमा विधि र पद्धतिमा आधारित योजनाहरुको संचालन र नियम विपरितका गतिविधिहरुलाई निरुत्साहित गर्न प्रमुख प्रशासकिय अधिकृत गौतमको सकृयता र उक्त सकृयतालाई मुर्तरुप दिन बिषयगत शाखा प्रमुखहरुबाट भएको तदारुक्ताले कञ्चनले आफुलाई शुन्य बेरुजु पालिकाको रुपमा दर्जोन्मुख भइरहेको कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले बताउनु भएको छ ।
विगतमा भन्दा पालिकाको हरेक कार्यहरुको पारदर्शिता, गाउँ सभा र कार्यपालिकाबाट भएका कानुन सम्मत निर्णयहरुको विधि र सुशासनमा आधारित कार्यशैलीमा सुधार भएकोले विगतमा देखिदै आएका बेरुजुहरुलाई समेत कम गर्दै आइरहेको कारण जिल्लामै सबैभन्दा कम बेरुजु भएको स्थानीय तहको रुपमा कञ्चन सूचिकृत हुन पुगेको पालिकाका लेखा अधिकृत सन्तोष गैरेको भनाई रहेको छ। आ.व. २०७४÷०७५ देखि ०७८÷०७९ सम्म रहेको करिब ५ करोड बेरुजु सम्परिक्षण भएको र आगामी आर्थिक बर्षहरुमा पनि समपरिक्षणलाई नियमित्ता दिई शुन्य बेरुजु गाउँपालिका बनाउने लक्ष्य रहेको समेत लेखा अधिकृत गैरले बताउदै नेपाल सरकारको नीतिमा सुधार ल्याउन सके हाल देखिएको बेरुजु प्रतिशत समेत शुन्य हुने बिश्वास ब्यक्त गर्नु भएको छ ।
असारे बिकासलाई गएको दुई बर्ष देखि पुर्णतया निरुत्साहित बनाउन नयाँ आर्थिक बर्ष शुरु भएको ३÷४ महिना देखिनै पालिकाको गाउँसभाबाट निर्णय भएको योजना, संघ र प्रदेशबाट आएका समपुरक तथा सशर्त बजेटका योजनाहरुको संचालन र कार्यान्वयनका लागि सम्झौता गर्ने र कम्तिमा बैशाख मसान्त सम्म सबै योजनाहरु सम्पन्न भई कार्य सम्पादन तथा मुल्यांकनको आधारमा भुक्तानी दिने कार्यलाई बढी पा्रथमिकता दिएको कारण पनि पालिकाको बेरुजु दर घटेको प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनृ भयो ।विगतमा असार मसान्तलाई अन्तिम समय मानेर योजना संचालन गर्दा संचालन भएका योजनाहरुको भुक्तानी दिनु भन्दा अगाडी पुरा गर्नु पर्ने आवस्यक कागजात, कार्य सम्पादन मुल्यांकनको अध्ययन गर्न समयको अभाव हुने तर भुक्तानी गर्नै पर्ने बाध्यताका कारण पनि गएका बर्षहरुमा बेरुजु देखिन आएको े प्रमुख प्रशासकिय अधिकृत गौतमले बताउनृ भया ।यस चालु आर्थिक बर्षमा पालिकाको पुर्वाधार बिकास, शिक्षा, कृषि बिकास, पशु बिकास, स्वास्थ्य तर्फको बेरुजु दर पनि निकै देखिएको छ। कुनै पनि योजना सम्पन्न नभई कसैलाई भनसुन र दवावको आधारमा भुक्तानी नदिइने पालिकाको नीतिगत निर्णयलाई कार्यान्वयन गरेकै कारण भौतिक पुर्वाधारतर्फ शुन्य बेरुजु भएको इन्जिनियर ज्ञवालीको भनाई रहेको छ ।महालेखा परिक्षकको कार्यालयले आफ्नो ६१ औं बार्षिक प्रतिवेदन प्रकाशित गरेको थियो। कञ्चनको आ.व. २०७९÷०८०को कुल बजेट मध्ये चालु तर्फ ८१.२२ प्रतिशत,पुँजीगत तर्फ ७९.७६ प्रतिशत र कुल खर्च ८०.६८ प्रतिशत भएको छ ।












