गिरीबन्धुको फाइल खोल्न गृहमन्त्रीलाई कांग्रेसको चुनौती

प्रकाशित मिति:

काठमाडौं, जेठ – प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ। बिहीबारबो प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धुको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन्।प्रमुख प्रतिक्षी दल नेपाली कांग्रेसले गिरीबन्धु प्रकरणको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएको छ।बिहीबारबो प्रतिनिधिसभाको विशेष समयमा बोल्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धुको फाइल खोल्न गृहमन्त्रीलाई चुनौती दिएका हुन्।

गृहमन्त्रीलाई खोज्न चाहन्छु, सत्ता गठबन्धको सबैभन्दा ठूलो दलको अध्यक्षले कांग्रेसले बेचेर ७० विघाको कमिशन खायो भनेर जे अरोप लगाउनु भएको छ, त्यसमाथि अनुसन्धान गरेर कांग्रेसलाई दन्डित गर्न के तपाईंले गिरीबन्धुको फाइल खोल्न सक्नुहुन्छरु, तयार हुनुहुन्छरु,’ महामन्त्री शर्माले प्रश्न गरे, ‘म जान्दछु, खोल्न होइन, बोल्न पनि उहाँ सक्नुहुन्न-गिरीबन्धु टिस्टेटको जग्गा प्रकरणको विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई आरोप लगाएपछि प्रतिवाद गरेको बताउँदै उनले तथ्यसहित प्रतिवाद गरेको बताए। शिक्षामन्त्रीका विषयमा यति ठूलो प्रश्न उठाउँदा पनि बोल्न नसकेको आरोप शर्माको थियो। उनले भने, ‘बोल्न सक्ने भए शिक्षामन्त्रीउपरको शब्द फिर्ता लिनुस् भन्न उहाँले सक्नुपर्थ्यो नम्रतापूर्वक पनि भन्न सक्नुभएन।