बर्दघाट खानेपानीद्रारा सरसफाइ र हरियाली प्रवद्धन गर्नेलाई सम्मान

प्रकाशित मिति:

प्रकाश न्यौपाने
जेठ २९ गते
नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाटमा सरसफाइ र हरीयाली प्रवर्द्धन गर्ने ब्यक्ति र सघ सस्थालाई सम्मान गरिएको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाद्रारा आयोजित राष्ट्रिय सरसफाइ सप्ताह २०८१ को अवसरमा सरसफाइ कर्मीलाई सम्मान हो ।

बर्दघाट बजार बिकास समितिका सरसफाइ कर्मी नाथ बा सफोर, दुखन चमार, तुल बहादुर थापा, गोपाल थारू, त्यस्तै टिसियन चोकको सार्वजनिक शौचालय सरसफाइ कर्मी हर्क बहादुर कामी लगायतलाई खादा, नगद र सरसफाइका सामाग्रीसहित प्रशंसा पत्रसहित लुम्बिनी प्रदेशका कृषि, बन तथा वातावरण समितिका सभापति बिश्वप्रेम पाठक र नगर उपप्रमुख रुद्र प्रकाश उपाध्यायले सम्मान गर्नु भएको बर्दघाट खानेपानीका उपाध्यक्ष कमल थापाले जानकारी दिनु भयो ।

राष्ट्रिय सरसफाइ सप्ताहका अवसरमा सस्थाले हरियाली प्रवद्धनमा समेत सरसफाइका साथै बृक्षारोपण गरेको बर्दघाट खानेपानीका अध्यक्ष दिपक लम्सालले बताउनु भयो । ” बिरुवा रोप्ने र रोपिएका बिरुवाहरुको सरक्षण गर्ने गरेका छौ । अहिले हामीले शसस्त्र प्रहरी बल सिमा सुरक्षा तालिम शिक्षालय, बर्दघाट बजार बिकास समिति, सिद्धार्थ बैंक, मुक्तिनाथ बिकास बैक र गरिमा बिकास बैंकसङ्गको सहकार्यमा काम गरेका हौं । सरसफाइ र हरियाली प्रवद्धनमा सहयोग गर्ने यी सघ सस्थालाइ पनि सम्मान गरेका छौं । ” लम्सालले भन्नुभयो ।
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाले बिगत बिश्व वातावरण दिवस र राष्ट्रिय सरसफाइलाई जोडेर साप्ताहव्यापी कार्यक्रम गरिएको बर्दघाट खानेपानीका सचीव शोभाकान्त कोइरालाले बताउनु भयो । “बिगतका बर्ष देखी नै सरसफाइ र हरियाली प्रवर्द्धनमा काम गरिरहेका छौ ।”

राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा बृक्षारोपण, सरसफाइ, सम्मान र अन्तरक्रीया गर्दै मगलवार कार्यक्रम सम्पन्न गरेको छ ।