काठमाडौं, असार – काठमाण्डौंको ठमेलस्थित सिटी होटलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोकिन सहित एक विदेशी महिलालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा मलेसियाकी ४७ वर्षीया बाथुमालाई भाडिभालु रहेको प्रहरीले जनाएको छ। ती महिला बस्दै आएको होटलको कोठाबाट ५ किलो ८२० ग्राम कोकिन समेत बरामद गरिएको प्रहरीले जनाएको छ।बरामद कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ हुन आउने प्रहरीको भनाइ छ ।









