स्याङ्जा पत्रकार समाजद्वारा गल्याङमा अन्तरक्रिया कार्यक्रम, पर्यटन र पूर्वाधारका क्षेत्रमा कलम चलाउन सञ्चारकर्मीलाई आग्रह

प्रकाशित मिति:

बुटवल । स्याङ्जा पत्रकार समाज नेपालको आयोजनामा स्याङ्जाको गल्याङमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले सञ्चारकर्मीहरुले जिल्लाको समग्र विकास, समृद्धि र पर्यटनलाई केन्द्रमा राखेर रचनात्मक कलम चलाउन आग्रह गरेका छन् । कार्यक्रममा बोल्दै गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले स्याङ्जा पत्रकार समाजले जिल्लाको विकास र समृद्धिलाई रचनात्मक ढंगले टेवा पुर्याउने उदेश्यले गरेको कार्यक्रमको प्रशंसा गर्दै जिल्लाको पर्यटन र विकासलाई सशक्त ढंगले अगाडि बढाउन मिडियाले भूमिका बढाउन आवश्यक रहेको बताए ।
प्रमुख भट्टराईले कृषि, पशुपालनका माध्यमबाट जनताको जीवनस्तर बढाउनुपर्नेमा जोड् दिदै सबै पक्षले हातेमालो गरेर मात्रै विकास अगाडि बढ्नेमा जोड दिए । संघ,प्रदेश र स्थानीय तहको समन्वयात्मक भूमिकाले मात्रै विकास निर्माण र जन गुनासाहरुको सम्बोधन हुन सक्ने भन्दै जिल्लामा रहेका संघीय कार्यलयहरुले कार्यक्रम गर्दा स्थानीय तहसंग समन्वय गरेर गर्न सक्दा जनताको धेरै मुद्दा सम्बोधन गर्न सकिने बताए । कार्यक्रममा गल्याङ नगर उपप्रमुख हेमा न्यौपानेले गल्याङमा भएका सकारात्मक कार्यहरू प्रति मिडियाले स्थान दिन आग्रह गरिन् ।कार्यक्रममा एनटिभीका वरिष्ठ सालिक सुवेदी, धार्मिक व्यक्तित्व चैतन्य कृष्ण प्रभु, नेपाली काङ्ग्रेसका गल्याङ नगर सभापति श्याम बस्याल, एमाले नगर सचिव किसान श्रेष्ठ, माओवादी केन्द्रका जिल्ला सदस्य झविन्द्र बस्याल, बुद्धिजीवी दर्वेन्द्र खनाल, नेपाली काङ्ग्रेसका क्षेत्रीय सचिव तथा कालिगण्डकी ४ का वडा अध्यक्ष सुन्दर पाण्डे, गल्याङ नगर प्रवक्ता तथा ३ का अध्यक्ष कृष्ण भट्टराई, पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष साधाना न्यौपाने, सचिव सुशील सुवेदी, प्रेस युनियनका उपाध्यक्ष शंकर सुवेदी, प्रेस सेन्टरका अध्यक्ष केपी खनाल, जनपत्रकार संगठन नेपालका अध्यक्ष धुव्र गौडेल, कालिगण्डकी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायलगायतको सहभागीता तथा वक्ताको रुपमा सहभागी भएका थिए ।

कार्यक्रममा एनटिभीका वरिष्ठ पत्रकार स्याङ्जा वालिङ स्थायी घर भई काठमाडौंमा बसेर पत्रकारितामा सक्रिय सालिक सुवेदीलाई सम्मान तथा अभिनन्दन गरिएको थियोे । स्याङ्जाको समृद्धिमा मिडियाको दायित्व बिषयक अन्तरक्रिया कार्यक्रम तथा क्यालेन्डर लोकार्पण कार्यक्रमको अवसरमा समाजका सल्लाहकार समेत रहेका सुवेदीलाई गल्याङ नगर प्रमुख गुरु प्रसाद भट्टराई, स्याङ्जा पत्रकार समाज नेपालका अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, नगर उपप्रमुख हेमा न्यौपानेलगायतले दोसल्ला ओढाएर अभिनन्दन गरिएको हो ।स्याङ्जामा जन्मेर देशका विभिन्न क्षेत्रमा पत्रकारितामा सक्रिय रहेका पत्रकारहरुको संस्था स्याङ्जा पत्रकार समाजले सुवेदीलाई स्याङ्जाको समग्र,विकास,समृद्धि,पर्यटनलगायतका विषयमा अझै सशक्त ढंगले मिडियाको भूमिका प्रभावकारी बनाउने नयाँ परिस्थिति निर्माण गर्न समेत आग्रह गरेको थियोे ।कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व सुवेदीले डा. बालकृष्ण चापागाईंको नेतृत्वमा रहेको समाजका गतिविधि उल्लेखनीय भएको भन्दै धन्यवाद समेत दिएका थिए । स्थापना देखि विभिन्न रचनात्मक एवम् सिर्जनात्मक कार्यक्रम गरेको समाजले स्याङ्जाको पर्यटन र समृद्धिका विषयमा जिल्लाभित्रै कार्यक्रम आयोजना गरी सरोकारवाला पक्षलाई ध्यानाकर्षण र प्रचारप्रसार गर्ने उदेश्य लिएको हो ।कार्यक्रममा सञ्चारिका समुह स्याङ्जाका नवनिर्वाचित अध्यक्ष साधना न्यौपाने र सचिव क्रान्ति अर्याललाई समेत सम्मान गरिएको थियोे । समाजका उपाध्यक्ष डिल्लीनाराण पाण्डेको स्वागत मन्तव्यमा सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव प्रकाश डुम्रेले गरेका थिए ।