नेकपा एकिकृत समाजवादी रुपन्देहीद्धारा सरोकारवालाहरुसँग सुझाव संकलन

प्रकाशित मिति:

बुटवल, बैशाख १४ । नेकपा एकिकृत समाजवादी रुपन्देहीले जिल्ला भित्रका विभिन्न क्षेत्रका सरोकारवालाहरुसँग बर्तमान समस्या र सधानका उपाय बिषयमा सुझाव संकलन गर्ने उदेश्यले आईतबार बुटवलमा अन्तरसंवाद गरेको छ । ‘सुशासन र रोजगारी समाजवादको तयारी’ भन्ने राष्ट्रिय नारा सहित केन्द्रीय कार्यक्रम अनुसार दैशैभर सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवालाहरुसँग वस्तुगत अवस्थाको जानकारी सहित सुझाव संकलन गर्ने गरी रुपन्देही जिल्ला कमिटिले कार्यक्रम राखेको हो । अन्तरसंवाद कार्यक्रममा देशको मुख्य मुद्धा सुशासन र रोजगारी नै हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले मुलुक मुद्धाको आधारमा अगाडि नबढ्दा आज युवाहरु विदेशिनेक्रम बढेकाले अब यसको अन्त्यका लागि पनि सुशासन र रोजगारी प्राथमिकतामा हुनुपर्ने बताए ।उनले आफूहरुले महाधिवेशनबाट नेपाली बिशेषताको समाजवादी कार्यक्रम पारित गरेको बताउँदै वर्तमान समस्याका बारेमा सरकारलाई झकझक्याउने उदेश्यले सरोकारवालाहरुसँग सुझाव संकलन गर्नेगरी अन्तरसंवाद गरिएको बताए । उनले अब मेहनत नगरी सजिलै कमाउने विचौलिया मोडेल हावी भएकाले त्यसको अन्त्यका लागि श्रममा आधारित उत्पादनको मोडेल बनाउनुपर्ने बताए ।कार्यक्रममा वामबुद्धिजिवि एव्म लेखक ऋषि आजादले वर्तमान समयमा राजनीति पञ्चर भएको बताउँदै नेतृत्वको कार्यशैली परिवर्तन गरेर सुशासन र रोजगारी सृजना गर्ने मोडेलमा जानुपर्ने बताए । उनले नेताहरुमा देखिएको विलाशिता र राजसीशैली परिवर्तन गरेर भुईँमान्छेसरहको व्यवहार बनाउन समेत दवाव दिनुपर्ने बताए ।बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले सरकारी र नीजि क्षेत्रविच सौतनी व्यवहार हुने गरेकाले त्यसलाई सुधार गर्दै दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सुझाव दिए । उनले मुलुकमा देखिएका समस्या समाधानका लागि सबै क्षेत्रमा प्रतिबद्धताको खाँचो रहेको औल्याए ।सहकारी अभियान्ता तथा बैंक सञ्चालक भिम तुलाचनले अहिले नेपालमा जनशक्ति उत्पादनमा नीजि क्षेत्रलाई सरकारले प्रोत्साहन नगरेको गुनासो गरे । उनले तीन तहको सरकार बनेसँगै सहकारी क्षेत्रमा प्रभावकारी नियमन नहुँदा समस्याहरु द्येखा परेको बताए ।
उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद पाठकले सरकारले संविधानको धारा ४४ मा राखेको नागरिकको मौलिक हकलाई कार्यान्वयन गर्न नसकेको बताए ।

यसैगरी कार्यक्रममा स्वास्थ्य क्षेत्रका जानकार कमल भण्डारीले नेपालमा संघीयताले सहज रुपमा सेवा दिनुपर्नेमा कतिपय अवस्थामा तीन तहको छुटाछुट्टै कानुनको उल्झनमा व्यवसायिक क्षेत्रहरु पर्ने गरेको गुनासो गरे । ढुवानी व्यवासयी संघका अध्यक्ष जितबहादुर भाटले सरकारले ढुवानीमा समेत भ्याट लगाउँदा साना व्यवसायी मारमा परेको बताउँदै यसबारे पहल गर्न आग्रह गरे ।यसैगरी कार्यक्रममा एमनेष्टि इन्टरनेश्नल अलर्टका लालहरी पाण्डे, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, रुपन्देही सुनचाँदी व्यवसायी संघका अध्यक्ष गोपाल रामदाम, बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, सामुदायिक वनका तर्फबाट खिमनारायण अधिकारी, भूमि आयोग रुपन्देहीका पूर्व सदस्य यामलाल तिवारी, समाजवादी प्रेस संगठन नेपाल रुपन्देही अध्यक्ष विनोद परियार लगायतले बोल्दै रुपन्देहीका बन्द भएको बुटवल धागो कारखाना, जीर्ण उद्योग सञ्चालन, भूमिहिन सुकुम्बासी समस्या समाधान, सुनचाँदी व्यवसायीले सुनको आपूर्तीमा भोगेको समस्या समाधान गर्न, सञ्चारक्षेत्रलाई सबल बनाउन तथा अन्र्तराष्ट्रिय विमानस्थलमा नियमित उडानका लागि दवाव दिन सुझाव दिए।कार्यक्रम जिल्ला अध्यक्ष हिराध्वज शाहको अध्यक्षता, उपाध्यक्ष अविराम विश्वकर्माको स्वागत तथा सचिव टंक पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो । प्राप्त सुझावहरुका आधारमा बैशाख १७ गते जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष शाहले जानकारी दिए ।

नेकपा एस बुटवल उपमहानगर अध्यक्षमा गुरुङ निर्वाचित-बुटवल, बैशाख १४ ।नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन ।अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम बहादुर क्षेत्री, उपसचिवद्धयमा शेरजंग गुरुङ्ग इश्वर र शिबकुमारी पाण्डेय बस्याल सहित ३१ सदस्यी कमिटि सर्वसम्मत चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।निर्वाचितहरुलाई नेकपा एकिकृत समाजवादीका केन्द्रीय सचिव पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले शूभकामना दिदै समाजवादी आन्दोलनमा डटेर लाग्न आग्रह गरे ।उक्त अवसरमा केन्द्रीय सदस्य भगवती अधिकारी, प्रदेश सदस्य कमल भण्डारी, राजेन्द्र पाण्डे, जिल्ला अध्यक्ष हिराध्वज शाह लगायतको उपस्थिती रहेको थियो । यसअघि अधिवेशन उदघाटन समारोहमा बुटवल वडा न ११ का रमेश परियारले एमाले परित्याग गरि तथा श्याम सुनार नेपाली काग्रेस परित्याग गरि नेकपा एसमा समाहित भएका थिए । उनीहरुलाई पार्टी सचिव पाण्डेयले टिका लगाएर स्वागत गरेका थिए ।