तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा मम्सी डान्स कम्पिटिसन तथा आईकन मदर ईन तिनाउ कार्यक्रम सम्पन्न
बुटवल- बैसाख । तिनाउ ईङ्लिस बोर्डिङ स्कुलमा मम्सी डान्स कम्पिटिसन तथा आईकन मदर ईन तिनाउ कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका अध्यक्ष यज्ञमूर्ति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नृत्यतर्फ ५१ जना आमाहरूले सहभागिता जनाएका थिए । सहभागि सबै बिद्यालयका अभिभावक हुन्। मम्सी डान्स कम्पिटिसनको उपाधि कक्षा ५ की छात्रा कृतना ज्ञवालीको आमा कल्पना डुम्रेले जित्न सफल भईन् । त्यस्तै कक्षा एलकेजी सस्मित बिकको आमा सरू गहतराज द्वितिय, कक्षा ३ रूजु पौडेलका आमा जुनु थापा क्षेत्री तृतिय तथा ४ की छात्रा ओश्नी कामुकी आमा बसन्ती कामुले सान्त्वना स्थान हासिल गरिन् । बिजेताहरूलाइ एक समारोहका बिच नगद,प्रमाणपत्र,ट्रफि र गिफ्ट प्रदान गरिएको कार्यक्रम संयोजक तथा कार्यक्रम संचालक सुस्मिता आचार्यले बताईन् ।नृत्य प्रतियोगिताको निर्णायकमा नृत्य प्रशिक्षकहरू अनु रजक,रोहन राना र स्कुलकी नृत्य प्रशिक्षक मन्जु रणपाल रहेका थिए ।
अतिरिक्त कृयाकलाप प्रमुख नविन शाक्यका अनुसार सामाजिक सञ्जाल तिनाउको फेसबुक पेजलाइ मेन्सन गरिएको टिकटक प्रतियोगितामा आईकन मदर ईन तिनाउको उपाधि कक्षा ७ की बिद्यार्थी प्रियान्सु राना र उनको आमा भावना रानाले जितेका छन् ।दोस्रोमा कक्षा १० की सरगम खनालकी आमा गंगा खनालको जोडिले जितेका छन् ।त्यस्तै तेस्रो स्थानमा कक्षा ७का प्रसिद्ध पोखरेल का आमा मनिषा पोखरेल र कक्षा ६ की आर्जना खनालकी आमा सृजना खनालको जोडिले जित्न सफल भएका छन् । उनीहरूलाइ अत्याधिक लाईक,कमेन्ट र शेयरका आधारमा पुरस्कृत गरिएको बिद्यालयकी प्राचार्य सिता पाण्डेले बताउनुभयो । यस प्रतियोगितामा स्कुलका ३०० भन्दा माथि बिद्यार्थी र अभिभावकको जोडी सहभागी रहेका थिए ।उनीहरूले माता तिर्थ ओौशीको सन्दर्भमा टिकटक बनाएर पोष्ट गरिएको थियो ।उत्कृष्टलाइ नगद, प्रमाणपत्र, ट्रफि , गिफ्ट प्रदान गरिएको सहप्राचार्य सुर्यप्रसाद पाण्डेले जानकारी दिए ।आज परेको माता तिर्थ आौंशीको सन्दर्भ पारेर कार्यक्रम गरिएको र उल्लेख्य अभिभावकको सहभागिता रहेको एसइइ इन्चार्ज अग्निधर पोखरेलले बताए ।












