ग्याँस बिक्रेता संघ रुपन्देहीको ११ औं साधारण सभा सम्पन्न

प्रकाशित मिति:

बैशाख, बुटवल-ग्याँस विक्रेता संघ रुपन्देहीको ११ औ साधारण सभा बुटवलमा आइतवार सम्पन्न भएको छ । करिब ६ सय भन्दा बढी बिक्रेता भएको ग्याँस विक्रेता महासंघ रुपन्देहीको साधारण सभामा बोल्ने वक्ताहरुले कुनैपनि पेसा व्यबसायमा अनुसासन, मितव्यतिा र इमान्दारिता अनिवार्य रहेको बिचार व्यक्त गरेका छन।ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले बिक्रेताहरुलाई सम्बोधन गर्दै बस्तुगत पेसा व्यबसायलाई दीगो बनाउन व्यबस्थित, पारदर्शिता र एकता मुख्य श्रोत भएको बिचार व्यक्त गर्नु भएको छ। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका केन्द्रीय अध्यक्ष अर्यालले ग्याँस विक्रेताहरुलाई सरकारले हेर्ने दृष्टिकोणमा सकारात्मक नभएको बताउदै बर्षौ देखि सम्बेदनशिल पेशा गर्दै आएका व्यवासायीहरुको व्यवसायीक सुरक्षाको लाग सरकारी निकाय बाट कुनै पनि ठोस कार्य नभएको जिकिर गर्नु भएको थियो। अत्यन्त सम्बेदनशिल र अत्यावस्यक पेसालाई मर्यादित बनाउन सके बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धाको समेत अन्त्य हुने बिचार व्यक्त गर्दै केन्द्रीय अध्यक्ष अर्यालले ग्याँस बिक्रेताहरुहको दीगो व्यबसायका लागि नेपाल आयल निगमसंगको सहकार्यमा व्यबसाय प्रमाणिकरण कार्यलाई अगाडी बढाउन लागिरहेको समेत बताउनु भयो।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संघका रुपन्देही अध्यक्ष प्रदिप प्रसाद पन्थले नेपालमा विभिन्न बहुराष्ट्यि कम्पनीहरुले समेत ग्याँस क्षेत्रमा लगानी गर्न नमानिरहेको सन्दर्भमा ग्याँस जस्तो सम्बेदनशिल व्यवसायमा नाफा थोरै हुँदा विक्रेताहरु बर्षौ देखि मारमा परेको बताउनु भयो । बिक्रेताहरुको जीवन जोखिम मोलेर गर्नु परेको व्यबसायको दीगो बनाउन राज्यले व्यबसायिक क्षमता अभिबेद्धिका लागि तालिमको व्यबस्था गर्न संघले नेपाल आयल निगमसंग सहकार्य गर्ने बताउनु भयो। खाना पकाउने ग्यासलाई सरकारले नाफा मुलक व्यवसाय भन्दा पनि सेवा मुलक व्यवसायमा राखेर सोही अनुसारको सहुलियतको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिदै अध्यक्ष पन्थले भावि योजना अनुसार संघको भवन निर्माण कार्य सकिएको र त्यसलाई अझ व्यवस्थित गरी सचिवालय सञ्चालन गर्ने योजना रहेको बताउनु भयोे।

यस्तै सभामा विभिन्न विद्यालयका विद्यार्थीहरुको विचमा ग्याँसको प्रयोग, सावधानी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिने, दिगो आर्थिक आम्दानीको लागि स्रोत व्यवस्थापन, शाखा सञ्चालनको लागि आवश्यक तालिम समेत प्रदान गर्ने गरी कार्य अगाडी बढाउने अध्यक्ष पन्थले प्रतिवद्धता जनाउनु भयो।कार्यक्रममा ग्याँस बिक्रेता समेत रहनु भएका बुटवल उपमहानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष रमेश अधिकारी, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, तिलोत्तमा उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, ग्याँस बिक्रेता संघ रुपन्देहीका संस्थापक अध्यक्ष सहदेवमान श्रेष्ठ, याँस बिक्रेता संघ लुम्बिनी प्रदेशका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ, नापतौल कार्यालयका मिलन केसी, पञ्च महालक्ष्मी स्वस्तिक ग्याँस उद्योग प्रा.लि.का महेश पोख्रेल, सिद्धार्थ ग्याँस उद्योग प्रा.लि.का सुशिल नेपाल, संघका सल्लाहकार हरिलाल पाण्डेय र ग्याँस बिक्रेताहरुको तर्फबाट नारायण खनाल लगायतले व्यवसायीको हक, हितको लागि सबै जना एक जुट भएर लाग्नुपर्ने धारणा व्यक्त गर्दै ग्याँस ्एम्बुलेन्स भन्दा पनि अत्यावस्यक भैइसकेको र ग्याँस व्यबसायलाई आर्थिक रुपमा अनुशासित, इमान्दारितासंगगै बिक्रेताहरुको सुरक्षाका लागि संघ हरेक पक्षबाट बलियो र सरक्षा कवजको रुपमा स्थापित हुन आवस्यक रहेको बिचार व्यक्त गरेका थिए। साथै वक्ताहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत संघ मार्फत बिक्रेता र उपभोक्ताहरुका लागि ग्याँसको प्रयोग, सावधानी सम्बन्धी सचेतनामुलक कार्यक्रम नियमित रुपमा सञ्चालन गर्न आग्रह गरेका थिए। सभामा ग्याँस बिक्रेता महासंघ रुपन्देहीका अध्यक्ष प्रदीपप्रसाद पन्थले प्रस्तुत गर्नु भएको संघको बार्षिक प्रतिवेदन तथा योजना र संघका कोषाध्यक्ष प्रकाश तिवारीले प्रस्तुत गर्नु भएको संघको आर्थिक प्रतिवेदन सर्बसम्मत अनुमोदन गरेको थियो। महासचिव सुर्य खनालको सञ्चालन र उपाध्यक्ष कल्पना कुँवरको स्वागतमा भएको साधारण सभा बुटवल उद्योग वाणिज्य संघ, बुटवलको सभाहलमा सम्पन्न भएको हो।