मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले गर्यो मजदुर सम्मान

प्रकाशित मिति:

१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले मजदुर सम्मान कार्यक्रम गरेकोछ। बुटवल हाटबजार स्थित एकतामार्ग ९तिनाउ नदिको किनार०मा बस्ने मजदुर कर्ण बहादुर लामालाइ सम्मान गरेको हो । फोहोरमैला प्रशोधन मेसिनमा परी एक हात गुमाउनु भएका लामालाइ उहाँको निवास मै पुगेर शान्ति समाजले रु। ५ हजार नगद सहित दोसल्ला ओडाइ सम्मान गरेको हो। शान्ति समाजका पुर्व केन्द्रिय सभापति गोविन्द खनाल, ट्रेड युनियन काग्रेस लुम्बिनी प्रदेश अध्यक्ष काजिमान श्रेष्ठ , शान्ति समाजका केन्द्रीय सचिव९ लुम्बिनी प्रदेश० डिपि खनाल, ट्रेड युनियन काङ्ग्रेस रुपन्देही अध्यक्ष रामप्रसाद ढकालले मजदुर आन्दोलन, अवस्था र श्रमको सम्मानको बारे चर्चा गर्नुभएको थियो।

रुपन्देही सभापति अर्जुन ज्ञवालीले संसारभरका मजदुर श्रमिकको प्रतिनिधिमुलक सम्मानार्थ कामको शिलशिलामा दुर्घटना परि हात गुमाउनु भएको र उपचार पछि पुनः काममा फर्किनु भएका मजदुर कर्ण बहादुर लामालाइ सम्मान गरिएको जानकारी दिनुभयो। रुपन्देही सभापति अर्जुन ज्ञवालीको अध्यक्षता, उपसभापति कृष्ण पान्डेको स्वागत, कार्यसमिति सदस्य सिता पौडेलको संचालनमा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्य लालहरि पाण्डेर रत्ना कंडेल, सल्लाहकाररपुर्वसभापति कृष्ण पराजुलीरकृष्ण भट्टराई, कोषाध्यक्ष मोहनीलाल न्यौपाने, सहसचिव अर्जुन कुवर, कार्यसमिति सदस्य केशव राज पाण्डेरसागर भुसाल लगायतका अधिकारकर्मीको उपस्थिति रहेको थियो।