सहभागीहरू परशुराम गिरी, शेषकान्त भण्डारी, शान्ती आचार्य र कल्पना रेग्मीले तालिम अत्यन्त उपयोगी रहेको बताउँदै, तालिमबाट सिकेका सीपहरू समुदायमै प्रयोग गर्ने प्रतिबद्धता जनाए। तालिम चापाकोट नगरपालिका र विभिन्न सरोकारवाला निकायहरूको समन्वयमा सम्पन्न गरिएको हो। समापन समारोहमा प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरे, इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी नायब निरीक्षक दीपक मल्ल, वडा अध्यक्ष टोपलाल न्यौपाने, मोहन केसी लगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। ३० जना सहभागी रहेको उक्त तालिम नगर उप–प्रमुख इशा रानाको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रमको स्वागत मन्तव्य भूपराज बोस्तीले राख्नुभएको थियो भने सञ्चालन वडा नं. ८ का वडा सचिव शान्ती श्रेष्ठले गर्नुभएको थियो।












