तिलोत्तमा, जेठ २ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा शैक्षिक पुरस्कार वितरण गरिएको छ । शैक्षिक सत्र २०८१ मा कक्षागत रुपमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक कुल प्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व प्राथमिक तहबाट २ सय ६५ र कक्षा १ देखि ९ सम्मका कक्षागत रुपमा उत्कृष्टता हासिल गर्ने १ सय ६४ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहित पुरस्कृत गरिएको हो ।
सहायक प्रधानाध्यापक दिपेन्द्र शाक्यको सञ्चालनमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति सदस्य कौशिला रायमाझी, विद्यालयका सहायक प्रधानाध्यापक लोकनाथ कंडेल, मा.वि. तह संयोजक धर्मगत शर्मा , प्राथमिक तह संयोजक बसन्ती भण्डारी, कक्षा ४–५ संयोजक सीता पुर्जा लगायतले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
तस्विरः प्रकाश चापागाइ