तिलोत्तमा, जेठ ७ । रूपन्देहीको तिलोत्तमा–५ स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा विभिन्न क्लवहरूको पुर्नगठन गरिएको छ । १५ सदस्यीय बाल क्लवको अध्यक्षमा मेलिना घिमिरे, उपाध्यक्षमा आकृति पाण्डे र सुमित गिरी, सचिवमा सुवेक्षा पाण्डे, कोषाध्यक्षमा नेत्र बानिया र सहसचिवमा विवेक मिश्र चयन भएको क्लव संयोजक रजनी के.सी.ले जानकारी दिनुभयो ।
यसैगरी युवा रेडक्रस सर्कलको १५ सदस्यीय नयाँ समिति पुर्नगठन गरिएको छ । जसको अध्यक्षमा दिपिसा थापा, उपाध्यक्षमा ऋतिक गौतम, सचिवमा ईसा पुन, कोषाध्यक्षमा कृतिका न्यौपाने र सहसचिवमा समृद्धि ज्ञवाली चयन भएको संयोजक विष्णु प्रसाद अर्यालले जानकारी दिनुभयो ।
यस्तै क्विज क्लवको अध्यक्षमा दर्पण बाँनिया, उपाध्यक्षमा कृतिका पोखरेल र कृतिका न्यौपाने चयन भएका छन् भने कोषाध्यक्षमा करण कुमार लोध चयन भएको क्लवका संयोजक रचना सापकोटाले जानकारी दिनुभयो ।
यस्तै, एस क्यू सीको अध्यक्षमा सुयस पौडेल, उपाध्यक्षमा कृतिका शाह, सचिवमा दिव्या न्यौपाने र कोषाध्यक्षमा मिरा तिमिल्सिना चयन भएको संयोजक प्रकाश चापागाइले बताउनुभयो ।
यसैगरी शान्ति साहित्य वाटिकाको पनि पुनर्गठन भएको छ । जसको अध्यक्षमा दिपेन्द्र बाँनिया, उपाध्यक्षमा सुवेक्षा पाण्डे, सचिव रिया ज्ञवाली, सहसचिव सियाश्री पराजुली र कोषाध्यक्ष सुप्रिम पाण्डे चयन भएको संयोजक भीम भुसालले जानकारी दिनुभयो ।
यस्तै, शान्ति गणित क्लवको अध्यक्षमा सन्देश कंडेल, उपाध्यक्ष रामचरण जैसवाल, सचिव सुशान्त भण्डारी, सहसचिव सियाश्री पराजुली र कोषाध्यक्ष शिव खनाल चयन भएको संयोजक डिल्लीराज पाण्डेले बताउनुभयो । ।
यस्तै इको क्लवको अध्यक्षमा गरिमा गुरुङ, उपाध्यक्ष पुष्पराज अर्याल, सचिव लिला कुँवर, सहसचिव प्रशंसा पाण्डे, कोषाध्यक्ष आयुष्मा भुसाल चयन भएको संयोजक शारदा पाण्डेले जानकारी दिनुभयो ।
यसैगरी इन्ट्रयाक्ट क्लव अफ शान्तिको अध्यक्षमा विश्व ज्ञवाली, उपाध्यक्षमा प्रसंशा खनाल, सचिव प्रसिद्धि पुन, सहसचिवमा दिप्सिखा ढकाल, कोषाध्यक्षमा समिर कालीराज चयन भएको संयोजक कमल भट्टराईले बताउनुभयो ।
यस्तै आइसिटि क्लवको अध्यक्षमा संयोग ज्ञवाली, उपाध्यक्षमा गुञ्जित ज्ञवाली, सचिवमा दिपशिखा ढकाल र कोषाध्यक्षमा संकल्प पाण्डे चयन भएको संयोजक हिमाल पाण्डेले जानकारी दिनुभयो ।