तारेकेश्वरमा सञ्चारकर्मी अभिमुखिकरण कार्यक्रम सम्पन्न, पत्रकार आचारसंहिता विषयमा प्रशिक्षण

प्रकाशित मिति:

तारेकेश्वर, काठमाडौं। तारेकेश्वर नगरपालिकाको आयोजनामा सञ्चारकर्मी अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कृष्णहरी महर्जन थिए । कार्यक्रममा पत्रकार सन्तराम विडारीले पत्रकार आचारसंहिताको बारेमा सञ्चारकर्मीहरूलाई विशेष प्रशिक्षण दिएका थिए। प्रशिक्षणमा पत्रकारितामा नीतिशास्त्र, पेशागत इमान्दारी, स्रोतको गोपनीयता तथा तथ्यमा आधारित रिपोर्टिङको महत्वबारे विस्तृत छलफल भएको थियो।

नगर प्रमुख महर्जनले अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारहरूको भूमिकाको उच्च मूल्याङ्कन गर्दै यस्ता कार्यक्रमले जिम्मेवार पत्रकारिता विकासमा सहयोग पुग्ने बताए। उपप्रमुख अर्यालले सूचनाको पहुँच र पारदर्शितामा सञ्चारकर्मीको भूमिका अपरिहार्य रहेको उल्लेख गरिन्। उक्त कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता अभिमुखिकरण कार्यक्रम निरन्तर हुनुपर्नेमा जोड दिएका छन्।