गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को प्रमुख उपस्थितिमा “विधार्थीसँग नगरप्रमुख” कार्यक्रम श्री नेपाल राष्ट्र माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूले राखेका विधालय को शैक्षिक गुणस्तर,भौतिक व्यवस्थापन ,शिक्षामा समान पहुँच, प्राविधिक शिक्षा, पुस्तकालय तथा प्रयोगशाला व्यवस्थापन, नगरका विकास योजना,शैक्षिक गतिविधि सम्बन्धी जिज्ञासाहरूको जवाफ नगरप्रमुख गुरु प्रसाद भट्टराई ले दिनुभएको थियो।
विद्यालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार व्यवस्थापन तथा गल्याङ नगरपालिकाले शिक्षा क्षेत्रका लागि अघि सारेका योजनाबारे विद्यार्थीहरूलाई जानकारी दिनुका साथै उनीहरूका जिज्ञासाको समाधान गर्नको लागि विधार्थी सँग नगरप्रमुख कार्यक्रम अायोजना गरिएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र पाठक को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गल्याङ नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष झविलाल पाण्डे, विद्यालयका शिक्षकहरू, विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्वहरू र करिब २०० जना विद्यार्थीहरूको सक्रिय उपस्थिति रहेको थियो।












