काठमाडौं, साउन – मुक्तिनाथ विकास बैक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण तथा कम्प्युटर हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मुक्तिनाथले पुतलीबजार १३ मा रहेको महेन्द्र आधारभुत विद्यालयमा अध्ययनरत ५३ जना विद्यार्थीलाई विद्यालय पोशाक र कार्यालय प्रयोजनका लागि एक थान कम्प्युटर सेट प्रदान गरिएको हो ।कार्यक्रममा मुक्तिनाथ विकास बैंक संचालक समिती सदस्य भरतप्रसाद लम्सालले जनताले मुक्तिनाथ विकास बैकलाई गरिरहेको मायालाई निभाउनका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम लिएर जनतासामु आएको बताए ।उनले पुतलीबजार नगरपालिका १३ धेरै सम्भावना भएको तर विकासमा पछाडि परेकाले गत वर्षदेखि नगरबाट थुप्रै बजेट परेको हुनाले अब विकासको बाटोमा अगाडी बढ्ने जिकिर गरे । कार्यक्रममा पुतलीबजार १३ का वडा सदस्य सुर्य बहादुर रोकाहा, मुक्तिनाथ विकास बैकका क्षेत्रीय प्रबन्धक ऋषि ढकाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । वि स २०६३ सालमा स्थापना भएको मुक्तिनाथ विकास बैंकका हाल देशभर १७८ शाखा रहेका छन् । जनता बैंकसम्म होइन बैंक जनतासम्म जानुपर्दछ भन्ने मुख्य उद्देश्यले बैंकले आफ्नो बैंकिङ गतिबिधी अघि बढाएको छ ।










