उपसभामुख रानामगरलाई हटाउन कांग्रेस–एमालेले थाले हस्ताक्षर संकलन

प्रकाशित मिति:

काठमाडौं, भदौ – उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउन सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संसदमा प्रस्ताव अघि बढाउने भएका छन्।त्यसका लागि दवै दलले सांसद्हरुको हस्ताक्षर संकलन थालेका छन्। हस्ताक्षर संकलनका लागि दुवै दलले सांसदहरुलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन्।कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । कांगेसले १२ बजेपछि संसदीय दलका कार्यालयमा अनिवार्य उपस्थित हुन सांसदहरुलाई पत्र पठाएको थियो। सांसदहरू अहिले ंसदीय दलका कार्यालयमा आउन थालेका छन्।

यता एमालेले दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई संसदीय दलको कार्यालयमा आउन भनेको छ। एमालेले हस्ताक्षर संकलन सुरु गरिसकेको छ।सोमबार साँझ बालुवाटारमा कांग्रेस–एमालेका शीर्ष नेताहरुको बैठकमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो सोही अनुसार आजै प्रक्रिया अघि बढाउन दुवै दलले हस्ताक्षर संकलन सुरु गरेका हुन्। उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ।