लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय बैठक : सहकार्यका नौ निर्णय

प्रकाशित मिति:

लुम्बिनी । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ्ग नगरपालिका-१ मालुङ्गामा सम्पन्न भएको छ । बैठकले प्रदेशको साझा विकासका लागि नौ बुँदे निर्णय गर्दै सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिवद्धता जनाएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नु भएको हाे ।मुख्यमन्त्री चेतनारायण आचार्यले निर्णय कार्यान्वयनका लागि दुबै प्रदेशका मुख्यमन्त्रीले संघीय सरकारकाे ध्यानाकर्षण गराउदै आएकाे र अहिले केही निर्णय कार्यान्वयन चरणमा रहेकाे जानकारी दिनुभयाे ।संविधानले प्रदेशलाइ प्रदान गरेका जुन अधिकार हाे । त्यसलाई अहिले पनि संघीय सरकार मार्फत प्रत्यायोजीत हुन सकिरहेकाे अवस्था छैन । संविधाले दिएकाे अधिकारलाई फुलफेजमा कार्यान्वयन गराउनका लागि हामी यसरीनै समन्वय र सहकार्य गरेर अघि बढ्ने छाैं´उहाँले भन्नुभयाे-प्रदेशसंग जाेडिएका क्षेत्रमा देखिएका सडक पूर्वाधारकाे समस्या समाधान गर्न ध्यानाकर्षण गराउने काम भइरहेको छ ।´ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशका सिमा जाेडिएका क्षेत्रमा देखिएका समस्या समाधान गर्न दुई प्रदेश सरकार विचमा समन्वय गरेर काम गर्नुपर्ने आवश्यकता रहेकाे बताउनु भयाे ।लुम्बिनी र गण्डकी प्रदेशलाई याेग र ध्यानकाे माध्यमबाट पर्यटन क्षेत्रकाे विकास गर्न सकिन्छ । यसमा जाेड दियौं भने सफलता मिल्नेछ´उहाँले भन्नुभयाे-अन्तर प्रदेश सहकार्य र समन्वयले काम गर्ने शैली तथा अनुभवहरुमा पुनर्ताजगी ल्याउने भएकाले यस प्रकारका अभ्यासहरुलाइ बढाउदै लैजानुपर्ने छ ।´

बैठकमा नेपाल संविधानको धारा २३२ र २३३ मा रहेको समन्वय र सहकार्यको मर्मलाई आधार बनाइ दुवै प्रदेशले साझा हितका कार्यक्रम संयुक्त रुपमा अघि बढाउने सहमति गरिएको छ ।निर्णय अनुसार २०८१ माघ ३० गते पाल्पाको रानीमहलमा सम्पन्न पहिलो बैठकमा गरिएका २१ बुँदाका प्रतिवद्धताको कार्यान्वयन समीक्षा गरी तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, बजेट तथा नीतिगत प्राथमिकतामा रहेका विषयलाई कार्यान्वयनमा जोड दिने र नेपाल सरकारसँग नियमित समन्वय गर्ने व्यवस्था मिलाइने भएको छ ।बैठकले दामोदरकुण्ड-कृष्णागण्डकी ‘उत्तरवाहिनी’-लुम्बिनी मुक्तिमार्ग विकासका लागि अवधारणा पत्र तयार गर्ने निर्णय गरेको छ । त्यस्तै, रुपान्तरणकारी कार्यक्रमलाई अन्तर प्रदेश साझेदारीमा अघि बढाउने, कालीगण्डकी तटीय क्षेत्रको समुन्नतिको कार्ययोजना आगामी पुस मसान्तभित्र पेश गर्ने, कार्तिक महिनामा उत्तरबाहिनी क्षेत्रमा हुने कार्तिक महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन दुवै प्रदेशले सहजीकरण गर्ने निर्णय भएको छ ।बैठकले सिकाइ आदान-प्रदानका लागि प्रमुख सचिव स्तरीय संयन्त्र गठन गर्ने, कानूनी तथा नीतिगत एकरुपता कायम गर्दै जाने र दुबै प्रदेशका तीर्थ तथा पर्यटकीय स्थललाई जोड्ने पदमार्गको विस्तृत आयोजना प्रतिवेदन संयुक्त रुपमा तयार गर्ने निर्णय पनि गरेको छ । बैठकमा दुबै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सराेकारवालापक्षका व्यक्तिहरुकाे सहभागीता थियाे ।