कांग्रेस नेता शशांकको प्रश्न– म मन्त्री भएको छैन, भ्रष्टाचार गरेको छैन घर किन जलाइयो ?
काठमाडौं, असोज : नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले आफु एकपल्ट मन्त्री नभएको र भ्रष्टाचार पनि नगरेको अवस्थामा घर किन जलाइयो भन्ने प्रश्न गरेका छन्।नेता कोइरालाले जेन–जी पुस्ताको आन्दोलनमा घुसपैठ भएको बताउँदै यस्तो प्रश्न उठाएका हुन्। संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रममा नेता कोइरालले वास्तविक जेन–जी को हो? भनेर ठम्याउनुपर्ने बेला भएको भनाई समेत राखे। ‘म त अचम्ममा परेँ। कल्पना नै नगरिएको तोडफोड भयो, जल्यो, लुटपात भयो। मान्छेहरु मरे। भनिन्छ– एक्सपर्टले गोली हानेको छ। टाउको र छातीमा नै गोली हानेको छ। जुन पुलिसले गर्नै सक्दैन,’ उनले भने, ‘घुसपैठहरु आन्दोलनमा घुसेका छन्। सबैभन्दा पहिले त हामीले यो जेन–जी भनेको कुन शक्ति हो भन्ने कुरा ठम्याउनुपर्यो।’
जेनजीहरुले सुशासन, भ्रष्टाचार र सामाजिक सञ्जालको कुरा मात्रै उठाएको पति उनले बताए। कोइरालाले आफुले के गल्ति गरेको थिएँ भनेर थाहा नपाएको बताए।चार चोटी जिते मन्त्री पनि भएको छैन। न त भ्रष्टाचार नै गरेको छु। मेरो मात्र होइन गणेशमानजीको घर जल्यो, किसुनजीको घर जल्यो। ८० वर्ष पुरानो कोइराला निवास जल्यो। किन जल्यो? यो प्रश्नको उत्तर म दिन सक्दिनँ,’ उनले भने।नेता कोइरालाले संकटका बेला संविधान र लोकतान्त्रिक व्यवस्थाको रक्षाको लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने आवस्यकता रहेको समेत बताए।










