चापाकोटमा किशोरीहरूलाई २ दिने आत्मरक्षा तालिम सम्पन्न

प्रकाशित मिति:

अस्विन पज्ञांनी २३ मंसिर- प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौूँ भन्ने नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत चापाकोटको सिटी हल, स्याङ्जामा बालिका तथा किशोरीहरूलाई आत्मरक्षा सम्बन्धी २ दिने तालिम तथा कार्यक्रम सम्पन्न गरिएको छ। २०८२ मंसिर 11 र 12  गते आयोजित तालिम एकीकृत सेवा कार्यालय स्याङ्जाद्वारा आयोजना र चापाकोट नगरपालिकाको समन्वयमा सम्पन्न भएको हो। तालिममा ५० जना बालिका र किशोरीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमकी मुख्य अतिथि गण्डकी प्रदेश सभा सदस्य सुनिता थापाले तालिमले किशोरीहरूको आत्मविश्वास र सुरक्षा क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताइन। उहाँले भनिन्—“लैङ्गिक हिंसा रोक्न कानुनी संरचना मात्र होइन, चेतना र सीप दुवै आवश्यक हुन्छ। यस्तो आत्मरक्षा तालिमले किशोरीहरूलाई सशक्त बनाउँदै हिंसा विरुद्ध आवाज उठाउने हिम्मत दिन्छ।” थापाले डिजिटल परिवेशमा बढ्दै गएको दुव्र्यवहार र हिंसाका घटनाबारे सचेत रहन आग्रह गर्दै प्रविधिको सकारात्मक प्रयोगबाट समाज परिवर्तन सम्भव हुने पनि उल्लेख गर्नुभयो।आयोजकका अनुसार तालिमले सहभागीहरूलाई आत्मरक्षा सीप, जोखिम व्यवस्थापन, आत्मविश्वास वृद्धि तथा लैङ्गिक हिंसा पहिचान र प्रतिरोधसम्बन्धी व्यवहारिक प्रशिक्षण प्रदान गरेको छ।