बुटवलमा TVS Smart Exchange मेला, पुरानो बाइक साटेर नयाँ लिने मौका

प्रकाशित मिति:

बुटवलमा दुईपाङ्ग्रे सवारी साधन प्रयोगकर्तालाई लक्षित गर्दै TVS Smart Exchange मेला सुरु गरिएको छ। यो विशेष एक्सचेञ्ज मेला इत्ताभट्टी लाइनस्थित Asian Party Place को अगाडि सञ्चालन भइरहेको छ। मेला पुष २ गतेदेखि पुष ९ गतेसम्म चल्ने आयोजकले जनाएको छ।यस मेलामार्फत ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर TVS का अत्याधुनिक र प्रविधिमैत्री विभिन्न मोडेलका सवारीसाधनहरू—जसमा Apache, Raider, Ronin, Ntorq लगायत लोकप्रिय मोडेलहरू समावेश छन्—आकर्षक अफरसहित खरिद गर्न सक्नेछन्।

कार्यक्रमअन्तर्गत पुरानो सवारीको न्यूनतम मूल्याङ्कन ३० हजार रुपैयाँसम्म गरिने व्यवस्था गरिएको छ। त्यसैगरी, नयाँ सवारी खरिद गर्दा ग्राहकलाई १० हजार रुपैयाँसम्म मूल्य अभिवृद्धि (Value Addition) र ८ हजार रुपैयाँसम्म नगद छुट (Cash Discount) प्रदान गरिनेछ। यसले कम बजेटमै नयाँ सवारी चढ्ने अवसर दिएको आयोजकको भनाइ छ।ग्राहकको सुविधा र सहजतालाई मध्यनजर गर्दै मेलामा फटाफट फाइनान्स सुविधा उपलब्ध गराइएको छ। नागरिकता र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए फाइनान्स तुरुन्तै पास हुने व्यवस्था गरिएको छ, जसले गर्दा ग्राहकले झन्झटबिनै सिधै बुकिङ गरेर नयाँ सवारी घर लैजान सक्नेछन्।

मेलामा सहभागी भई TVS का सवारी खरिद गर्ने ग्राहकलाई हेल्मेट, ज्याकेट र बाइक कभरजस्ता निःशुल्क एक्सेसरिज समेत प्रदान गरिनेछ। साथै, TVS सवारीमा उपलब्ध Lifetime Warranty (Lifetime Assurance, Guaranteed Smiles) ले दीर्घकालीन भरोसा र सुरक्षित अनुभूति प्रदान गर्ने tvs कम्पनिका प्रतिनिधि हरुको विश्वास रहेको छ।उक्त TVS Smart Exchange मेला Jagadamba Motors अन्तर्गत Balaji Automobiles, बुटवल द्वारा आयोजना गरिएको हो। मेलास्थलमै TVS का नयाँ मोडेलहरूको अवलोकन, टेस्ट राइड तथा तत्काल बुकिङको सुविधा पनि उपलब्ध छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि
📞 9802699762 वा 9802699770 मा सम्पर्क गर्न सकिने छ ।

बुटवल तथा आसपासका सवारीप्रेमीहरूका लागि यो मेला पुरानो सवारी साटेर नयाँ, आधुनिक र भरोसायोग्य TVS सवारी चढ्ने सुनौलो अवसर बनेको छ।