तीनमा तीन  विद्यार्थी अनुत्तीर्ण, आगामी शैक्षिक सत्रमा २ विद्यार्थी उतिर्ण गराउने लक्ष्य 

प्रकाशित मिति:
प्रकाश न्यौपाने 
पुष ३ गते 

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट १३ मा  रहेको आखण्ड आधारभूत विद्यालयमा कक्षा ८ मा जम्मा विद्यार्थी ३ जना सहभागी थिए । परिक्षामा सहभागी  ३ विद्यार्थीहरुमा ३ विद्यार्थीकै नतिजा अनुत्तीर्ण आएको छ ।


बिहीवार बर्दघाट नगरपालिकाको शिक्षा शाखाले  आयोजना गरेको  बिएलई(कक्षा ८) को नतिजा विश्लेषण कार्यक्रमा नतिजा विश्लेषण गर्दा यस्तो तथ्यांक प्रस्तुत भएको हो । अङ्ग्रेजी र गणितमा ३ मा ३ विद्यार्थीको एन जि (नन ग्रेडिङ्ग) आएको छ । भने बिज्ञान, सामाजिक, स्वास्थ्य तथा जनसंख्यामा २ जनाको एन जि आएको छ । समग्रमा हेर्दा ३ मा ३ विद्यार्थीकै नतिजा एन जि आएको छ ।

गतबर्षको नतिजा समिक्षा गरि यस  बर्षको लागी योजना बनाउन कार्यक्रम आयोजना गरिएको कार्यक्रममा शिक्षा शाखा अधिकृत धनपती पौडेलले अब के कसरी नतिजा सुधार्न सकिन्छ भनेर प्रश्न गर्दा विद्यालयका प्र अ दिपक पोखरेलले आगामी बर्षमा २ जना विद्यार्थी उत्तीर्ण गराउने लक्ष्य रहेको उल्लेख गर्नु भयो ।

अहिले ५ जना विद्यार्थीहरुले कक्षा ८ मा पढिरहेको छ्न । जसमा २ जना विद्यार्थी पास गराउने विद्यालयको लक्ष्य रहेको पोखरेलले उल्लेख गर्नु भयो । ” विद्यार्थीहरुलाई बल्लतल्ल विद्यालयमा ल्याउने पहल गरेका छौं ।” विद्यार्थीहरु विद्यालयमा नै नआउने प्रमुख समस्या रहेको पोखरेलले उल्लेख गर्नु भयो ।