कपिलवस्तुमा संघिय समाजवादी शिल्पी महासघंको तदर्थ समिति गठन

प्रकाशित मिति:

इमरान खान सबलपोष्ट कपिलवस्तु २३ पुस । दलित हैन शिल्पी भनौ, शोषित हैन शासक बनौ भन्ने नाराका साथमा आज कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाको नगरपालिका हलमा संघिय समाजवादीफोरम नेपालका भातृ संगठन संघिय समाजवादी शिल्पी महासघंकोअध्यक्ष राम रेखा बरुण उपाध्यक्ष राम प्रसाद पासवान सचिव जग नारायण कोरी कोषाध्यक्ष बिन्द्रावती हरिजन सहित ३१ सदस्सीय तदर्थ समिति सर्बसम्मातिबाट चयन भएको छ । कार्यक्रमको अध्यक्षता पार्टी फोरम नेपालका कपिलवस्तु जिल्ला अध्यक्ष शैलेन्द्र कुमार यादवले गर्नु भएको थियो । कार्यक्रमकाप्रमुख अतिथि संघिय समाजवादी फोरम केन्द्रिय राजनितिक समिति सदस्य तथा पार्टीका संसदीय दलका नेता एवम प्रदेश नं. ५ का प्रदेश सांसद सहस राम यादव बिशिष्ठ अतिथिमा प्रदेश नं. ५ का सह इन्चार्ज नबिन सुनुवार अतिथिहरुमा केन्द्रिय सदस्य राम बरन यादव, पार्टीका प्रदेश नं. ५ का अध्यक्ष अशोक यादव, प्रदेश नं. ५ का मुख्य सचिव डा. अब्दुल रसिद खाँ, प्रदेश नं. ५ का सचिव सन्दिप पाण्डेय, बिधार्थी फोरम प्रदेश नं. ५ का अध्यक्ष ओम प्रकाश यादव तथा जिल्ला युवा नेता इरफान रजाको उपस्तिथि रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्य जग नारायण कोरी ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालक बिशराम यादवले गर्नु भएका थिए ।