सैनामैनाको नगरसभाबाट २ विधेयक पारित

प्रकाशित मिति:

सैनामैना नगरपालिकाको चौथो नगरसभा सुरु भए संगै दोस्रो वैठक सम्पन्न भएको छ । सम्पन्न बैठकले स्थानिय विकास कोष संचालन विधेयक २०७५ र सर्वजानिक सवारी साधन संचालन तथा व्यवस्थापन विधेयक २०७५ पारित गरेको छ । बैठकबाट हालसम्म कार्यपालिकाबाट भएका निर्णयहरुलाई अनुमोदन समेत गरिएको छ । सैनामैना नगरपालिकाको चौथो नगरसभा सैनामैनामा रहेको सतचिन्त समुदायिक हलमा शुक्रबार देखि सुरु भएको हो ।