राष्ट्रिय जनमुक्ती पार्टी बर्दघाटले २८ औ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान

प्रकाशित मिति:

राष्ट्रिय जनमुक्ती पार्टी बर्दघाट सुस्ता पश्चिम नवलपरासी जिल्ला समिति र बर्दघाट नगर समितिको सयुक्त आयोजनामा आइतबार २८ औ स्थापना दिवसको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम बर्दघाटमा सम्पन्न भएको छ । नगर समिति अध्यक्ष प्रेम बहादुर राना मगरको अध्यक्षता एवं जनमुक्ती पार्टीका केन्द्रिय सदस्य लोम बहादुर खाम्चाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै खाम्चाले राज्यका सम्पुर्ण तह र तप्कामा समानुपातिक, समावेशी, सहभागिता गराउनुपर्ने बताउदै नेपालमा भ्रष्टाचार मौलाउदै गएको हुदा राष्ट्रिय जनमुक्ती पार्टीले भ्रष्टाचार न्युनिकरणका लागी विभिन्न अभियानहरु सञ्चालन गरि सचेत गराउनुपर्ने बेला आएको भन्दै राज्यले शुसासन र समृद्ध राष्ट निर्माणमा अगाडी बढ् सबैलाई लोकतन्त्रको अनुभुती दिलाउन सक्नुपर्ने बताउनुभयो ।

सो अवसरमा विशेष अतिथिका रुपमा पार्टीका प्रदेश ५ उपाध्यक्ष राम बहादुर गुरुंग, प्रदेश उपसचिव तारा राना, प्रदेश सदस्य पुर्ण बहादुर विक, राजनितिक सललाहकार पुर्ण बहादुर गुरुंग, जिलला ईन्चार्ज जस बहादुर पुन, जिल्ला अध्यक्ष धन बहादुर गुरुंग लगाएतले पार्टीको धारणा र भावी योजनाका बारेमा प्रष्ट्याउनुभएको थियो । साथै स्थापना दिवसको सो अवसरमा पार्टीका नेता, कार्यकर्ता बीच एक आपसमा शुभकामना आदान प्रदान समेत गरिएको थियो । पार्टीका नगर सदस्य झपेन्द्र थापाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव देव बहादुर गुरुंगले गर्नुभएको थियो ।