बुटवलमा नगरभाडा बढि लिएको भन्दै बिरोध

प्रकाशित मिति:

बुटवल/ तोकिएको भन्दा बढि नगरभाडा तिर्नुपरेको भन्दै बुटवल वडा नम्बर १३ का स्थानीयले बिरोध गरेका छन् ।बुटवलको नगरभाडा १५ रुपैया कायम गरीएपनि गाडिका सहचालकले २० रुपैया लीदै आएको भन्दै उनिहरुले आज बुटवलको झोलुङगेपुल चोकमा प्रदर्शन गरे । बुटवलको गोलपार्क पुरानो बसपार्क लगायतका स्थानबाट छुटने माइक्रो बसले तोकीएभन्दा धेरै भाडा लीने गरेका कारण सचेत गराउन बिरोध गरीएको हरीयाली टोल बिकास समितिका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिनुभयो ।

जितगढी, झोलुङगेपुल,बेलबास लगायतका स्थानमा जाने यात्रुलाइ गाडि नरोक्ने, रोकेपनि भाडा धेरै लिने गरेका कारण बाध्य भएर बिरोध गरेको स्थानीय अगुवा जमुना सुबेदीले गुनासो गर्नुभयो । स्थानीयले नगरभाडा १५ रुपैया कायम गर, यात्रुलाइ सम्मान गर लगायतका नारा लगाएका थिए । उनिहरुले सडकमा गाडि रोकेर तोकिएको भाडा लिन सुझाएका थिए । रोकिएका अधिकांश माइक्रोबसका यात्रुले गाडिवालाले नगरभाडा जर्बजस्ती २० रुपैया लिएको बताएपछि यात्रुबाट लिएको बढि भाडा सहचालकले फिर्ता गरेका थिए ।