इन्ट्याक्ट आर्ट कोलाव्रेसन’ प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल । इन्ट्याक क्लव अफ कालिका मानवज्ञान मावको आयोजनामा ‘को इन्ट्याक्ट आर्ट कोलाव्रेसन’ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ ।प्रतियोगितामा कालिका मानवज्ञान मावि र दिप बोर्डिङ स्कुलको समहु प्रथम भएको छ । प्रतियोगितमा ७ वटा इन्ट्याक क्लवहरु सहभागि रहेका थिए ।सहभागिहरुले समाजको एउटा घटनालाई छनोट गरि त्यसको कथा चित्र मार्फत प्रस्तुत गरेका थिए ।

कर्यक्रममा रोटरी क्लव अफ बुटवलका अध्यक्ष डा. नारायण प्रसाद पन्थले सहभागीहरुको कला र प्रस्तुतिले समाजको यर्थात प्रस्तुत गरेको आफूले पाएको बताए । उनले भने– बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बैनि निर्मला पन्थको चित्र र त्यसको वर्णनले म पटक पटक स्तब्ध भएँ ।’ यस्ता प्रतियोगिताहरुले बालबालिकाहरुलाई सानै उमेर देखि सामाजिक उत्तरदायित्व प्रति सचेत बनाउन सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

उक्त प्रतियोगीतामा सह प्राध्यापक दिनेश थापा , कृष्ण गौतम र रोटरी क्लव अफ बुटवलको मेम्बरशिप चेयर खेमपुनले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।इन्ट्याक क्लव अफ कालिका मानवज्ञानकी अध्यक्ष प्रतिमा भण्डारीले विधार्थीहरुको चित्र लेखनको कलाउजागर गर्ने उदेश्यले कोलाव्रेशन प्रतियोगिता आयोजना गरिएको बताईन ।