बेलाटारीमा विद्यार्थी संघर्ष समितिले लगाएको ताला अझै खुल्न सके न

प्रकाशित मिति:

पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिका स्थित त्रिभुवन क्याम्पस बेलाटारीमा विद्यार्थी संघर्ष समितिले लगाएको ताला अझै खुल्न सकेको छैन । त्रिभुवन क्याम्पस बेलाटारी ब्यवस्थापन र विद्यार्थी नेतृत्व बीच वार्ता हुन नसक्दा ३ सुत्रिय माग राख्दै माघ ९ गते देखी सो क्याम्पसमा ताला बन्दी भएको र पठन पाठन समेत अवरुद्ध भएको हो । क्याम्पस प्रशासनले विद्यार्थी सघंर्ष समितिद्धारा प्रस्तुत माग उपर कुनै सुनुवाई नहुदा क्याम्पस सुचारु हुन नसकेको पनि संघर्ष समितिका समयोजक सोभिद कुमार हलुवाईले जानकारी दिनुभएको छ ।

विद्यार्थी संघर्ष समितिद्धारा प्रस्तुत माग पत्रमा स्ववियु अविलम्ब निर्वाचन हुनुपर्ने, क्याम्पसमा अविलम्ब १० वटा प्रोजेक्टर ब्यवस्था गर्नुपर्ने, विद्यार्थीले तिर्ने गरेका मासिक सुल्क घटाइदिनुपर्ने लगाएत माग समेटिएको छ । क्याम्पस सञ्ञ्चालन समितिमा ६०, ४० प्रतिशतको अवधारणा अनुसार समिति चयन गरिनुपर्ने आफुहरुले सर्त पनि राखेको विद्यार्थीहरुले बताएका छन । क्याम्पसमा भएको ताला बन्दी सम्बन्धमा सहायक क्याम्पस प्रमुख मनोजधर द्धिवेदीसंग बुझ्न खोज्दा उहाँले क्याम्पस प्रमुख मुक्तीनाथ पाण्डे विरामी विदामा बस्नु भएकोले वार्ता हुन नसकेको प्रतिकृया दिनुभएको छ ।

क्याम्पस प्रमुख नहुदा सहायक क्याम्पस प्रमुखको हैसियतले द्धिवेदीले वार्ताको प्रयास नगरेको पनि आन्दोलनरत विद्यार्थीहरुले आरोप लगाउदै आएका छन । लामो समयदेखी क्याम्पसमा ताला बन्दी भई पठन पाठन बन्द हुदा अभिभावक वर्गले पनि चिन्ता र चासो ब्यक्त गरेको पनि बुझिएको छ ।