रुपन्देहीका शैक्षिक संस्था भोली र १५ गते बन्द हुने

प्रकाशित मिति:

बुटवल / नेपाल मगर विद्यार्थी संघ रुपन्देहीले फागुन २ र १५ गते रुपन्देहीका सरकारी तथा गैर सरकारी शैक्षिक संस्था बन्द गर्न आहवान गरेको छ । फाल्गुन २ गते प्रथम सहिद लखन थापा मगरको १४२ औ स्मृति दिवस र फागनु १५ गते ३६ औ मगर एकता दिवसको अबसरमा रुपन्देहीका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्नका लागि नेपाल विद्यार्थी संघ रुपन्देहीका अध्यक्ष दिपक दर्लामी मगरले एक विज्ञप्ति जारी गरी आग्रह समेत गनु भएको छ ।

यसैबिच प्रथम सहित लखन थापा मगरको १४२ औ स्मृति दिवसको पूर्व सन्धयामा वुटबलको लखन चोक चौराहामा आज साँझ दिप प्रज्वलन समेत गरेको छ ।