झबिन्द्र देवकोटा,देवदह, २ फागुन । प्रदेश स्थापना दिवसको अवसरमा रुपन्देहिको देवदह नगरपालिकाले नगरभित्र सरसफाइ कार्यक्रम गरेको छ । नगरपालिकाले बिहीवार नगरसङ्ग जोडिएको महेन्द्रराजमार्ग किनारको दुबै छेउ सरसफाइ गरेको हो । देवदह नगरपालिकाको अगुवाईमा भएको सरसफाई कार्यक्रममा स्थानीय सामाजिक तथा राजनीति संघसस्था, सामाजिक अगुवा, नगर कार्यपालिकाका सदस्य, नेपाली सेना तथा प्रहरिको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रममा सहभागीहरुले राजमार्ग छेउको पाँच किलोमिटर क्षेत्रमा सरसफाई गरेका थिए । सरसफाई कार्यक्रममा नगरपालिका प्रमुख हिराबहादुर खत्रीले नगर सरसफाईको दायित्व र जिम्मेवारी सबैको भएकाले सरसफाई सम्बन्धि जनचेतना बाट्न नगरपालिकाले सरसफाइलाई जोड दिएको बताए । उनले नगरलाई सफा र हरभरा बनाउनका लागि नगरपालिकाले जनतामा जागरण चलाउने जनाए । सरसफाई कार्यक्रममा उपमेयर विद्यालक्ष्मी गुरुङ लगायत वडाध्यक्ष, सदस्यहरु, प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।













