केन्द्रीय हज कमिटिका पदाधिकारीलाई सम्मान

प्रकाशित मिति:

गृह मन्त्रालय केन्द्रीय हज समितिका पदाधिकारीलाई विहिबार रेडियो जागरणले बुटवलमा स्वागत तथा सम्मान गरेको छ । हज समितिका केन्द्रीय अध्यक्ष शम्शेर मियां, सदस्य रहमत खांन र समिरन खातुनलाई स्वागत तथा सम्मान गरिएको हो । रेडियोका अध्यक्ष विनोद पहाडी र प्रदेश ५ का सांसद दिपा विश्वकर्माले खांदा र अबिर लगाएर सम्मान गरेका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले हज मार्फत अन्तराष्ट्रिय स्तरमा इज्जत राख्न हज पदाधिकारीलाई आग्रह गरेका थिए । उनीहरुले हजमा दखिएका विकृति र विसंगतिलाई अन्त्य गर्न अनुरोध गरेका छन् । कार्यक्रममा प्रदेश ५ का सांसद दिपा विश्वकर्माले हज कमिटिले नेपालको स्वाभिमान बढाउने गरेर काम गर्ने विश्वास व्यक्त गरिन । उनले हज कमिटिमा भएका आर्थिक अनियमिततालाई चिरेर नमूना काम गर्नुपर्ने बताईन ।

हज समितिका अध्यक्ष सम्शेर मियाले प्रत्येक बर्ष साउदी अरबको मक्का मदिनामा नेपाली हाजीहरु जान नपाउने अवस्था रहेकाले यसको संख्या बढाउने र सस्तोमा हज गर्ने वातावरण बनाउने प्रतिबद्धता जनाए । कार्यक्रममा बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले बुटवलबाट केन्द्रीय हज कमिटिमा नेतृत्व पुग्नु बुटवलकै गौरव भएको बताए । रेडियो जागरणका अध्यक्ष विनोद पहाडीले अर्घाखाँचीमा जन्मिएका मियाँको हज कमिटिको उपस्थिती नमूना काम गर्नका लागि भएको भन्दै अन्य समुदायले पनि गौरव मान्नुपर्ने बताए । कार्यक्रममा हज समितिका सदस्य हाजी रहमद खांन,नयां शक्तिका नेता यज्ञ पोख्रेल,ख्रिष्चियन सोसाइटीका अध्यक्ष चित्र गुरुङ,तेस्रो लिङी आनिक राना,दलित अगुवा टेक वास्तोला,महिला अगुवा जानकी नेपाल,पाश्तर मेघराज घिमिरे,परियार समाज,रुपन्देहीका अध्यक्ष लोकबहादुर नेपाली रेडियोका जागरणका बिनोद परियार, रीमा विसि लगायतले बोलेका थिए ।