डिप वोरीगं गाड्ने कार्यको समुदघाटन

प्रकाशित मिति:

बर्दघाट /बर्दघाट नगरपालिका वडा नं. १५ मा रहेको पृथ्वी वस्ती खानेपानी आयोजनाले स्थानिय नागरीकहरुलाई शुद्ध पिऊने पानी वितरण गर्ने उद्धेश्यले शनिवार डिप वोरीगं गाड्ने कार्यको समुदघाटन गरेको छ । प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीले उक्त डिपवोरीगं गाड्ने कार्यको शुभारम्भ गर्नु भएको थियो ।

पृथ्वी वस्ती खानेपानी आयोजनाका अध्यक्ष एकदेव पाण्डेको अध्यक्षता र प्रदेश नं. ५ का प्रदेश सभा सदस्य दिपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न् उक्त कार्यक्रममा स्थानिय जनप्रतिनिधि ,समाज सेवी लगाएतको सहभागिता रहेको थियो ।