अभिभावक अभिमुखिकरण तालिम सम्पन्न

प्रकाशित मिति:

अम्बिका पन्थ,सैनामैना/सैनामैना २ मुर्गियामा रहेको सुनगाभा पव्लिक मा.वि.ले आज एक कार्यक्रमका विच अभिभावकहरुका लागि अभिमुखिकरण तालिम सम्पन्न गरेका छ । तालिम विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका अभिभावकहरुलाई दिईएको थियो ।कार्यक्रममा ब्रम्हकुमारी ईश्वरीय विद्यालय बुटवलका ब्रम्हकुमार प्रशिक्षक तथा प्रमुख अतिथि श्री ब्रम्हकुमार राजु घलेले आफ्रना बालबालिकाहरुलाई एउटा सफल ब्यक्ति बनाउनको लागि हरेक ब्यक्तिले सकारात्मक सोंचाइमा विकास गर्नु पर्ने र बालबालिकाहरुको इच्छालाई भन्दा पनि उसको आवश्यकतालाई हरेक अभिभावकले ध्यान दिनुपर्ने कुरा बताउनुभयो ।

जिवनमा खुसि र आनन्दको अनुभुति गर्नको लागि बालबालिकाहरुलाई आध्यात्मिक सद्गुणहरुको ज्ञान दिनुपर्ने कुरामा उहांले जोड दिनुभयो ।अभिभावकले सानै देखि संस्कार युक्त व्यवहारिक बनाउन धेरै कुरा गर्नु भन्दा स्यानै देखि बच्चालाई विशेष ख्याल गर्नुपर्ने बताउनु भयो ।बलबालिकाहरुलाई बिहान ५ बजे उठाउने बानी बसाल्ने, संस्कार सिकाउँदै सानै देखि आफू भन्दा ठूलालाई अदार तथा सानालाई माया गर्न सिकाउनुपर्ने बताउनु भयो ।

विद्यालय ब्यवस्थापन अध्यक्ष विमला अर्याल, ब्रम्हकुमारी विश्व विद्यालय बुटवल शाखा निर्देशक ब्रम्हकुमारि कमला दिदि, शिक्षक संघ प्रदेश नं. ५ का महासचिव लाल प्रसाद पंगेनी (कृष्ण), विद्यालयका प्रिन्सिपल तिलब के.सि, शिक्षक क्रृषिराम न्यौपाने लगाएतले बालबालिकाको भविष्य निर्माण र सफल ब्यक्ति बनाउनको लागि उसको घर, परिवार, विद्यालय र छरछिमेकको महात्वपुर्ण भुमिका र जिम्मेवारि हुनेहुंदा सबैले आआफ्नो छेत्रबाट उत्तरदायित्व निर्वाह गर्नुपर्ने कुरामा जोड दिनु भयो । कार्यक्रममा ब्रम्हकुमार राजु घलेको प्रमुख आतिथ्यता र विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विमला अर्यालको अध्यक्षता शिक्षक क्रृषि न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।