दिवंगत नेताहरुको स्मृतीमा बुटवलमा श्रद्धाञ्जली सभा

प्रकाशित मिति:

बुटवल /नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले  बुटवलमा श्रद्धाञ्जली सभा गरेको छ ।नेपालको वाम लोकतान्त्रिक आन्दोलनका योद्धा पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि एंव नेकपाका युवा नेता रविन्द्र अधिकारी र प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको स्मृतीमा श्रद्धाञ्जली सभा गरेको हो । पार्टी कार्यालय सुख्खानगरमा आयोजित सभामा नेताहरुले नेकपाले हस्तीहरु गुमाउनु पर्दा अपुरणिय क्षेती पुगेको बताएका थिए ।

श्रद्धाञ्जली सभामा मुख्यमन्त्री एंव नेकपा प्रदेश इञ्चार्ज शंकर पोखरेलले मुलुकमा निधन भएका तीन नेताको योगदान आ—आफ्नै र महत्वपूर्ण रहेको बताउँदै निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताए । उनले अब उहाहरुका सपनालाई व्यवहारमा उतार्न पार्टी र सरकारको ध्यान केन्द्रीत हुँदा सच्चा श्रद्धाञ्जली हुने बताए ।श्रद्धाञ्जली सभामा पर्यटन, उद्योग, वन तथा वातावरणमन्त्री लिला गिरी, नेकपा नेता हकिकुल्लाह खाँ, नेता गोपाल भट्टराई , जिल्ला कार्य दल सदस्य निर्मल जिसी लगायतले बोल्दै नेताहरुको योगदानको चर्चा गरेका थिए ।